Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान खानको डुब्लिकेटको निधन

एजेन्सी, मुम्बई, 2022/10/01
Salman Khan's body double Sagar Pandey passes away due to a sudden heart  attack : Bollywood News - Bollywood Hungama
 
बलिउड सुपरस्टार सलमान खानको डुब्लिकेट तथा उनको बडी डबल सागर पाण्डेको निधन भएको छ । उनको निधन जिममा वर्कआउट गर्ने क्रममा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सन् १९९९ देखि उनी सलमानको फिल्ममा बडी डबल बन्दै आएका थिए । फिल्म ‘कुछ कुछ होता हे’बाट आफ्नो करिअरको सुरुवात गरेका उनले ५० बढी फिल्ममा काम गरिसकेका छन् ।  
 
जिममा अचानक लडेपछि सागर पाण्डेलाई मुम्बईको जोगेश्वरी ईस्टमा अवस्थित हिन्दी ह्रदय सम्राट बालासाहेब ठाकरे ट्रमा केयर मुन्सिपल हस्पिटलमा लगिएको थियो । तर, डाक्टरले अस्पताल आउनुभन्दा अगावै उनको मृत्य भएको बताएका थिए । एक पुरानो अन्तर्वार्तामा सागरले कोरोनाका कारण जारी लकडाउनमा काम नहुँदा ठूलो आर्थिक समस्याको सामना गर्नुपरेको बताएका थिए ।
 
सागरको कमाईको मुख्य आधार अभिनय र स्टेज शो थियो तर, लकडाउनका कारण फिल्मको छायांकन र स्टेज शो रोकिँदा उनलाई आर्थिक समस्या उत्पन्न भएको थियो । एक अन्तर्वार्तामा उनले सलमान खान झैं आफू पनि अविवाहित रहेको बताएका थिए । सागर फिल्मको हिरो बन्न मुम्बई आएका थिए । फिल्ममा काम नपाएपछि उनले बडी डबलको काम गर्न सुरु गरेका थिए । 
 
सागरको निधनप्रति सलमान खानले पनि दुःख व्यक्त गरेका छन् । उनले सागरसँगको एक तस्विर शेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो साथमा रहेकोमा आभारी छु । तिम्रो आत्मालाई शान्ति मिलोस् । थ्याङ्क्यू सागर पाण्डे ।’ सागरले सलमानको बडी डबल भएर ‘बजरंगी भाईजान’, ‘ट्यूबलाइट’, ‘प्रेम रतन धन पायो’, ‘दबंग’, ‘दबंग २’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।