Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

लागुऔषध दुर्व्यसनीको कथामा ‘सरी मम’, पोस्टरमा सरोजदेखि सरितासम्म

फिल्मीखबर, काठमाडौं, 2022/09/30
नविन बोगटीको निर्देशनमा बनेको फिल्म ‘सरी मम’को बडा दशैंको अवसर पारेर शुक्रवार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सामाजिक कथावस्तुमा आधारित भएर निर्माण भएको फिल्मको दुई पोस्टरमध्ये एउटामा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । अर्को पोस्टरमा सरोज खनाल, सरिता लामिछानेलगायतका कलाकारलाई स्थान दिइएको छ ।
 
sorry mom
 
लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको फिल्ममा एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीलगायतको पनि अभिनय छ । दुर्व्यसनीमा फसेका युवा-युवतीलाई लक्षित गरेर चेतनामुलक सन्देश दिने उद्देश्यका साथ फिल्मको निर्माण गरेको कार्यकारी निर्माता विनोद लामाले जानकारी दिए ।
 
विजयादशमी लगत्तै स्थानिय स्तरमा प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन, एन-प्याब्स, हिसान, शिक्षक महासंघ लगायतसँगको सहकार्यमा विभिन्न स्थानमा अभियानको रूपमा समुदायस्तरमा फिल्मको प्रदर्शनी गरिने निर्माण टिमले जानकारी दिएको छ । ‘सरी मम’को प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ । 
 
sorry mom
 
यो फिल्मको कथा कार्यकारी निर्माता विनोद लामा स्वयंको हो । फिल्ममा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्मको फरस्टलुक पोस्टर रिलिज गरिए पनि प्रदर्शन मिति तोकिएको छैन ।