Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आदिपुरुष’ पोस्टरमा प्रभासको राम अवतार

एजेन्सी, मुम्बई, 2022/09/30
ADIPURUSH
 
साउथ सुपरस्टार प्रभास अभिनीत प्रतिक्षीत फिल्म ‘आदिपुरुष’को शुक्रवार फर्स्टलुक पोस्टर रिलिज भएको छ । पोस्टरमा प्रभास मात्र फिचर्ड छन् । उनी धनुष-बाण तान्दै भगवान् रामको अवतारमा देखिएका छन् । इन्स्टाग्राममा पोस्टर शेयर गर्दै प्रभासले क्याप्सनमा लेखेका छन्, ‘अयोध्या (उत्तर प्रदेश) सरयू नदीको तटमा एक जादुमयी यात्रा सुरु गर्नका लागि हामीसँग जोडिनुहोस् ।’
 
१२ जनवरी २०२३ लाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा अत्याधिक मात्रामा भिएफएक्सको प्रयोग हुने बताइएको छ । यो एक पेन इन्डिया फिल्म हो, जुन हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा एकसाथ लाग्नेछ । ४ सय करोडको लागतमा निर्माण भएको फिल्ममा प्रभास भगवान् राम, कृति सीता, सनी सिंह लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा रहेका छन् ।
 
फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन्, जसले यसअघि ‘तान्हाजी’ र ‘सिटी अफ गोल्ड’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । ‘बाहुबली’ सिरिजपछि संसारभर जबरर्जस्त क्रेज बनाएका प्रभासको पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधे श्याम’ असफल भएको थियो । जसले गर्दा उनलाई ‘आदिपुरुष’ सफल बनाउनुपर्ने दबाब छ । यो फिल्म पौराणिक ग्रन्थ रामायणमा आधारित छ ।