Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई फिल्म फ्लप भएपछि आयुष्मानले घटाए पारिश्रमिक

फिल्मीखबर, काठमाडौं, 2022/09/29
आयुष्मान खुराना
 
कोरोना महामारीको असर बलिउडको बक्सअफिसमा नराम्रोसँग परेको छ । बलिउडका धेरै कलाकारको फिल्मले बक्सअफिसमा स्ट्रगल गर्नुपरेको छ । आफ्नो फिल्मले अपेक्षाकृत व्यापार नगरेपछि केही स्टारले पारिश्रमिक समेत घटाएका छन् । भर्सटायल अभिनेताको रुपमा चिनिएका आयुष्मान खुरानाले पनि आफ्ना दुई फिल्म बक्सअफिसमा नचलेपछि पारिश्रमिक घटाएका छन् । 
 
यस वर्ष उनको ‘अनेक’ र ‘चण्डीगढ करे आशिकी’ फिल्म रिलिज भएका थिए । तर, दुवै चलेनन् । जसले गर्दा उनले पारिश्रमिकमा १० करोड कटौती गरेका छन् । पिंकविलाको रिपोर्ट अनुसार, एक फिल्मका लागि उनले २५ करोड पारिश्रमिक लिँदै आएका थिए । अब उनले यसलाई घटाएर १५ करोडमा झारेका छन् । उनले घटाएको रकम भने फिल्मको नाफाको हिसाबमा शेयर लिनेछन् ।
 
कलाकारले ‘प्रोफिट शेयर’मा काम गर्दा सबैभन्दा ठूलो राहत निर्मातालाई हुन्छ । किनकि, फिल्म फ्लप भए निर्माताले पारिश्रमिक दिनु पर्दैन । फिल्म सफल भए मात्र निर्माता र कलाकारबीच शेयर बाँडफाँड हुन्छ । विशेषगरि यो ठूलो बजेटमा निर्माण हुने फिल्ममा देख्न पाइन्छ । बजेट बचाउनका लागि बलिउड कलाकारले ‘प्रोफिट शेयर’ लिने सर्तमा फिल्ममा काम गर्ने गरेका छन् ।
 
आयुष्मान १४ अक्टोबरमा प्रदर्शन हुने फिल्म ‘डाक्टर जी’मा देखिँदैछन् । यो फिल्म अनुराग कश्यपकी बहिनी अनुभूतिको पहिलो निर्देशकिय फिचर फिल्म हो । फिल्ममा आयुष्मान गायनोकोलोजिस्टको चरित्रमा छन् । उनको अपोजिटमा कियारा आडवाणीले अभिनय गरेकी छन् । ‘डाक्टर जी’को प्रदर्शनपछि आयुष्मान ‘एन एक्शन हीरो’ र ‘ड्रीम गर्ल २’ फिल्ममा काम गर्ने तयारीमा छन् ।