Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.43/5.00)
Text size:-
+
-

पोखरामा धिरज र अदितीको क्रेज

फिल्मीखबर, काठमाण्डौ, 2022/09/26
dhiraj magar and aditi budathoki
 
अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी ४ वर्षपछि फिल्म ‘बाबरी’बाट ठूलो पर्दामा पुनरागमन गर्दैछन् । यसकारण दुवै फिल्मलाई दर्शकको ठूलो वर्गमा पुर्‍याउन एक महिनाभन्दा लामो समयदेखि प्रचारमा खटिरहेका छन् । असोज ५ गतेदेखि सुरु भएको मोफसल टूर असोज ९ गते पोखरामा विट मारेर उनीहरुसँगै डेब्यू ब्वाई धिरज नाडकर काठमाडौं फिर्ता भइसकेका छन् । 
 
मोफसल दौडाहाको अन्तिम दिन पर्यटकीय नगरी पोखरामा ‘बाबरी’का तीन प्रमुख कलाकारहरुले विभिन्न कलेजका विद्यार्थीदेखि गोर्खा सैनिक बन्न तालिम लिइरहेका व्यक्तिसम्मलाई प्रत्यक्ष भेट गरे । कलेजहरुमा पुग्दा धिरज मगर र अदिती बुढाथोकीको क्रेज जबर्जस्त देखिएको थियो । उनीहरुसँग सेल्फी खिच्न र अटोग्राफ लिनका लागि युवा-युवतीहरुबीच तछाड-मछाड नै चलेको थियो । 
 
एक कलेजमा फिल्मको ट्रेलर देखाउँदै तीनजना प्रमुख कलाकारले ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीतमा नृत्य समेत गरे । पोखरा प्रचारको क्रममा धिरज मगरले फिल्म राम्रो बनेकाले एकपटक हेरिदिन आग्रह गरे । त्यस्तै, अदितीले लामो समयपछि फिल्ममा फर्किएकाले खुसीसँगै दर्शकको साथ पाउनेमा विश्वास व्यक्त गरिन् । अर्का धिरजले भने फिल्मलाई लिएर उत्साहित रहेको बताए ।
 
babari
 
असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘बाबरी’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि अभिनय छ । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।