Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अब विदेश उड्दै ‘ऐना झ्यालको पुतली’

फिल्मीखबर, काठमाडौं, 2022/09/26
aina jhyal ko putali
 
समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको फिल्म ‘ऐना झ्यालको पुतली’ नेपालका हलमा तेस्रो हप्तामा प्रदर्शनरत छ । अब यो फिल्म विदेश यात्रामा निस्कने भएको छ । नेपालमा पाएको उत्कृष्ट प्रतिक्रियाले विदेशमा बस्ने दर्शकलाई लोभ्याएपछि अहिले विदेशका विभिन्न ठाउँमा फिल्मको उच्च माग छ । फिल्मको प्रदर्शन अधिकार विक्री हुने क्रम जारी रहेको निर्माता आकाश पौडेलले बताए ।
 
फिल्मको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार हालसालै विक्री भएको छ भने जापानमा यसअघि नै विक्री भइसकेको छ । अष्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको छ । यी दुई देशका लागि १५ लाख हाराहारीमा फिल्मको राइट्स विक्री भएको निर्माता पौडेलले जानकारी दिए । त्यस्तै, अरब, कोरिया र अमेरिकामा फिल्म चाँडै प्रदर्शन हुने तयारीमा छ ।
 
९५औँ एकेडेमी अवार्ड (अस्कर) का लागि नेपालबाट सिफारिस भएको ‘ऐना झ्यालको पुतली’ले नेपालको बक्सअफिसमा १ करोड ग्रस कमाई गरेको जानकारी प्राप्त छ । बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनौट हुने पहिलो फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित यो फिल्मले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड समेत जितेको थियो ।
 
Aina
 
फिल्मका निर्माता आकाशसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी हुन् । सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतको अभिनय रहेको फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।