Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मीखबरकर्मी गैरेको शब्दमा प्रविशा अधिकारी र सुमन केसीको स्वर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2022/09/24
फिल्मीखबर डट कमका प्रधान-सम्पादक सुमन गैरेको रचनामा प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको गीत 'लुकीछिपी'को भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमिल जोडीको भावना पोखिएको छ।
 
 
प्रकाश धितालको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा उमेश भट्ट र आलिशा बास्तोलाको अभिनय रहेको छ । गहिरो प्रेममा रहेका जोडीले आफ्ना भावना पोखेको यस गीतको छायांकन चितवनमा गरिएको हो। 
 
उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक बिकास दाहाल हुन् भने एशोसियट निर्देशक माधव शर्मा हुन् । प्रेम रसाईलीको कोरियोग्राफी, अशिम रानाभाटको कस्ट्युम डिजाईन तथा दिपेन गौतम 'माईकल'को प्रडक्शन डिजाईन रहेको यस गीतलाई गायक केसी र गीतकार गैरेले निर्माण गरेका हुन्।
 
आधा दर्जन फिल्म र म्युजिक भिडियो तथा एक दर्जन भन्दा बढि विज्ञापनमा अभिनय समेत गरिसकेका गैरेले गीत लेखनसँगै आफ्नो परिचयलाई नयाँ रूप दिएका छन्। हाल अमेरिकामा रहेका सञ्चारकर्मी गैरेले आगामी दिनमा गीत लेखनलाई निरन्तरता दिने बताएका छन्। आफ्नै लेखनमा अर्जुन पोखरेलको संगीत रहेको अर्को गीतको भिडियो पनि छिट्टै सार्वजनिक हुने गैरेले बताए।