Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हलको पर्दामा ‘प्रेमगीत ३’, ‘कबड्डी ४’को रेकर्ड तोड्ला ?

फिल्मीखबर, काठमाडौं, 2022/09/23
preem geet b3
 
निर्माण सकिएको तीन वर्षपछि अन्ततः फिल्म ‘प्रेमगीत ३’ शुक्रवारबाट हलमा लागेको छ । हिन्दी भाषामा समेत डब भएको यो फिल्म शुक्रवारबाटै भारतका सिनेमा हलमा समेत प्रदर्शनमा आएको छ । तर, नेपालमा भने घटस्थापनाबाट मात्र हिन्दी डब लाग्नेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले फिल्मको हिन्दी डबको सेन्सर रोकिएको छ । 
 
हिन्दी डबले नेपालमा पाएको चर्चा, श्रृंखलाबद्ध विवाद, नाम चलेका कलाकारको अभिनय, गीत-संगीतले पाएको लोकप्रियताका कारण फिल्मले ठूलो हाइप बनाएको छ । यसको प्रभाव फिल्मको बक्सअफिसमा पर्ने निश्चित छ । आक्रामक अग्रिम बुकिङले पनि फिल्मले कमाईमा रेकर्ड बनाउने संकेत गरिसकेको छ । फिल्मको पहिलो दिनको कमाई साढे २ करोड माथि हुने अनुमान छ । 
 
नेपाली फिल्मको इतिहासमा फिल्म ‘कबड्डी ४’ले सर्वाधिक कलेक्सनको रेकर्ड बनाएको छ । यो रेकर्ड ‘प्रेमगीत ३’ले तोड्न सक्ने विश्लेषण कतिपयको छ । तर, यसका लागि फिल्म लामो रेसको घोडा बन्नु पर्नेछ । यद्यपि, फिल्मले शुक्रवार र शनिवार ठूलो कमाई गर्नेमा दुईमत छैन । देशभरका अधिकांश सिंगल हल कब्जा गरेको फिल्मले मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ ।
 
छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।