Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशमा ‘बाबरी’को माग : यूरोप राइट्स पनि विक्री

फिल्मीखबर, काठमाण्डौ, 2022/09/22
BABARI
 
बडा दशैंको अवसर पारेर असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बाबरी’को विदेशमा माग बढ्दो क्रममा छ । फिल्मको हङकङ, अष्ट्रेलिया र दक्षिण कोरिया राइट्स विक्री गरेर निर्माताले मोटो रकम हात पारिसकेको अवस्थामा हालै यूरोप राइट्स पनि विक्री भएको छ । गुरुङ केएनएस इन्टरटेनमेन्ट र केन्द्र मोशन पिक्चर्सले फिल्मको यूरोप राइट्स खरिद गरेको हो ।
 
अब यूरोपमा फिल्म चलाउन चाहनेले किरण गुरुङ र केन्द्र लिम्बुसँग सम्पर्क गर्नुपर्नेछ । गीत-संगीत र ट्रेलर रिलिजपछि यूरोपमा फिल्मको राम्रो माग रहेकाले प्रदर्शन अधिकार लिएको गुरुङले बताए । यूरोपको केही शहरमा असोज १४ मै फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको उनको भनाई छ । एकपछि अर्को देशमा ‘बाबरी’को राइट्स विक्री हुन थालेपछि निर्माता खुसी देखिएका छन् ।
 
सुरेन्द्र पौडेलले निर्देशन गरेको यस फिल्ममा अदिती बुढाथोकी, धिरज मगर, धिरज नाडकर (टोटलानी), बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय छ । फिल्मको निर्मातामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी छन् भने सह निर्मातामा सिक्किमकी सुष्मा गुरुङ छिन् । 
 
सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन, नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको संगीत रहेको फिल्मको सम्पादन निर्देशक पौडेलले गरेका हुन् । फिल्मको दुई गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला सर्वाधिक चर्चामा छ । यी दुई गीतको लोकप्रियताको फाइदा ‘बाबरी’को व्यापारमा पुग्ने देखिन्छ ।