Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘रीत’को प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2022/09/21
movie reet
 
लिम्बू भाषा संस्कृतिमा निर्माण भएको फिल्म ‘रीत’ले प्रिमियरमा प्रशंसा कमाएको छ । यसै साता काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रिमियरमा उपस्थित पाहुनाहरुले फिल्मको कथावस्तु, कलाकारको अभिनय र निर्देशकिय पक्षको प्रशंसा गरे । प्रिमियर शोमा गायिका मनु नेम्बाङ, कलाकारद्वय कृष्णराज नेम्बाङ र अगमसिंह यक्पाङदेनलाई सम्मान समेत गरिएको थियो ।
 
फाल्गुनन्द लिङदेन फिल्मस्द्वारा निर्मित फिल्ममा लिम्बु जातिको विवाहसँग सम्बन्धित कथा छ । फिल्ममा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ ईङनाम, सागर केरुङ, याशेली योङहाङ, तेज मेन्याङबो, सोनु थोक्लीहाङ, भिम थेबे, पुर्ण सेलिङ, रत्न लिङदेन लावती, नन्दु तुम्वापो, एन्जिला नेम्वाङ, राजु घिमीरे, प्रभु कुरुम्बाङ, नितु रानी नेम्वाङ र दिनेश माङमुको अभिनय छ ।
 
movie reet
 
दिनेश लिङदेन निर्देशित ‘रीत’मा होमकुमार लावती, आशा नेम्वाङ र बिष्नु कुमार ईङनाम निर्माता र बसन्त थेबे सह-निर्माता छन् । मिक हाङ्ग लिङ्देनको प्रस्तुति रहेको यस फिल्ममा मान तबेबुङ र अशोक राईको संगीत, मेचु धिमाल, सुसन साम्सोहाङ, मान तबेबुङ र श्रेयसी चेम्जङको स्वर, दिनेश माङमुको कोरियोग्राफी, सागर केरुङको कथा लेखन र सुमन योन्जनको छायांकन छ ।