Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

‘२ नम्बरी’को शिर्ष गीत तयार पारेर भुषण बने विजेता

फिल्मीखबर, काठमाण्डौ, 2022/09/20
2 numbari
 
असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर फिल्म ‘२ नम्बरी’को शिर्ष गीत बनाउनका लागि निर्माण टिमले प्रतियोगिताको आयोजना गरेको थियो । फिल्मको नाममाथि गीत तयार गरेर पठाउनेमध्ये एक जनालाई नगद पुरस्कार प्रदान गर्ने निर्माण पक्षको घोषणाअनुरुप भुषण खतिवडाको गीत उत्कृष्ट बनेको छ । उक्त प्रतियोगितामा ६१ वटा गीत प्राप्त भएको थियो ।
 
उत्कृष्ट बनेको भुषणको गीत फिल्ममा पनि राखिने निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । भुषणले ५० हजार पुरस्कार जितेका छन् । अब फिल्मको शिर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहनेछ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा निर्देशक लामाकै कथा लेखन छ । दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । 
 
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘२ नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनलगायतको अभिनय छ । उगेन भुटानी अभिनेत्री हुन् । उनले ‘२ नम्बरी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत रहेको छ ।