Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्तोष सेनलाई दीपकराजको प्रश्न- ‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?’

फिल्मीखबर, काठमाण्डौ, 2022/09/20
फिल्म ‘प्रेमगीत ३’को हिन्दी डब नेपालमा चलाउन निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले अग्रजहरुलाई समेत विवादमा ल्याउने काम गरिरहेका छन् । जो आफू र फिल्मको विपक्षमा बोल्छ, जसलाई मिडियामा बोलेर होस् वा सामाजिक सञ्जालमा लेखेर, सन्तोष र प्रदीप दुवैले अग्रजलाई गर्नुपर्ने सम्मानको पनि चेत नराखी अपमानजनक अभिव्यक्ति दिइरहेका छन् । 
 
deepakraj giri and santos sen
 
मंगलवार फेसबुकमा स्टाटस लेख्दै निर्माता सेनले कलाकार सरोज खनालमाथि लज्जास्पद टिप्पणी गरेपछि कलाकार दीपकराज गिरीले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भनेर प्रश्न गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भुवन केसी, अनमोल केसी, झरना थापा र आफू हुँदै अब सरोज खनाल पनि निशानामा परेको र यो लिस्ट लामो हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
 
दीपकले सेनलाई प्रश्न गर्दै लेखेका छन्, ‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदा हुँदै के गर्‍या यो ? आफ्ना मान्छे लगाएर दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घरै नरहे कहाँ बस्छौ साथी ?’ उनले हिन्दी भाषामा नियमअनुसार कर तिर्नु पनि आग्रह गरेका छन् ।
 
‘बरु राम्रो कामको लागि नेपाली भाषाको फिल्ममा एक्स्ट्रा छुट माग गरे सक्किगो त । यति लेखेपछि ‘बाइकट अनमोल’मा मेरो पनि नाम थपौला । निर्देशनअनुसार गाली-गलौज पनि गरौला । तर यति ठूलो तिमीहरूको अन्याय कसरी सहेर बस्नु ? साथीहरूले कसरी सहेर बसे, मैले चाहिँ सकिनँ माफ पाउँ,’ दीपकले आफ्ना सेना र समर्थकलाई सभ्य हुन सिकाउन पनि आग्रह गरेका छन् ।
 
‘प्रेमगीत ३’ चल्दा कसैलाई बेफाइदा नभएको र फिल्मले बजार बढाउँदा भोली आफूले पनि कमाउने बाटो खुल्ने भएकाले फाइदा नै रहेको बताउँदै दीपकराजले अगाडि लेखेका छन्, ‘सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौं । होइन भने एकले अर्कोलाई नसकौं ।’ मंगलवार निर्माता सन्तोषले कलाकार सरोज खनालमाथि गरेको कठोर र गम्भीर टिप्पणीले नेपाली फिल्म क्षेत्र नै स्तब्ध बनेको छ ।