Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महजोडीको ‘महापुरुष’बाट डेब्यू गर्दै अन्जना

फिल्मीखबर, काठमाडौं, 2022/09/19
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) को मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’बाट नेपाली फिल्म क्षेत्रले नयाँ अनुहार पाउने भएको छ । यो फिल्मबाट अन्जना बराईलीले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गरेकी उनी अडिसनमार्फत् यो फिल्ममा छनोट भएकी हुन् । उनी फिल्ममा मदनकृष्ण श्रेष्ठकी छोरी प्रतिष्ठाको भूमिकामा छिन् । 
 
anjana baraili (2)
 
अन्जनाले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको फिल्मका कलाकार तथा कार्यकारी निर्माता रहेका रबिन्द्र सिंह बानियाँले जानकारी दिए । ‘हामीलाई चाहिएको अनुहार र अभिनय उहाँमा भेट्यौं । अडिसनमा दिइएको फरक तीन भूमिकालाई उहाँले निभाउनु भएको दृश्यले हामीलाई प्रभाव छाड्यो । उहाँले भूमिका सुहाउँदो भएकाले पनि छनोट गरेका हौं,’ रबिन्द्रले भने । 
 
अन्जना पनि यो टिमसँग जोडिन पाउँदा खुसी छिन् । ‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ । एक फिल्ममा छानिएको पनि थिएँ तर त्यो फिल्म बनेन । पछि ‘महापुरुष’मा अडिसन दिएँ,’ उनले भनिन् । आफूले आर्दश कलाकार बन्ने महजोडीसँग काम गर्न पाउँदा गर्व महसुस भएको उनको भनाई छ । यही फिल्मबाट अन्जनासँगै अरुण क्षेत्रीले पनि डेब्यूको अवसर पाएका छन् । 
 
प्रदीप भट्टराई निर्देशित ‘महापुरूष’ कात्तिक ११ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय रहेको छ ।
 
anjana baraili (2)
 
षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्मको निर्मातामा दिपेश खत्री छन् । सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण भएको फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डि. गुरुङको सम्पादन, कवि नवराज पराजुलीको शब्द रचना, ऋदम कँडेलको संगीत, रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व संगीत, किशोर आचार्यको ध्वनि संयोजन र जुनिम गहतराजको रंग संयोजन रहेको छ ।