Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा खिचिएको ‘उचाइँ’को पोस्टर : हिमालको काखमा अमिताभ, अनुपम र बोमन

फिल्मीखबर, काठमाडौं, 2022/09/19
uuchai
 
२०७८ सालको कात्तिकमा नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइँ’को एक पोस्टर सार्वजनिक भएको छ । हिउँले सेताम्मे नेपालको हिमालको दृश्यलाई पृष्ठभूमिमा सजाएर सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख तीन कलाकारहरु अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी प्रफुलित मुद्रामा प्रस्तुत छन् । पोस्टरले नेपालको हिमाली क्षेत्रको यात्रामा निस्किएका उनीहरुको मित्रता बोल्छ ।
 
‘उचाइँ’को छायांकनका लागि अमिताभ नेपाल आएका थिएनन् । उनको सिनमा एक नेपाली कलाकारले डमी बनेर अभिनय गरेका छन् । अनुपम र बोमनले भने फिल्मको छायांकनका लागि करीब २५ दिन नेपालको लुक्ला, नाम्चे, मनाङ क्षेत्रमा विताएका थिए । फिल्मको छायांकनका लागि अभिनेत्री परिणीति चोपडा पनि नेपाल आएकी थिइन् । 
 
यो फिल्ममा नेपाली कलाकारहरु परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ । परमिताले फिल्ममा बलिउड अभिनेत्री नानी गुप्ताको डमी पात्र निभाएकी छन् । 
 
सूरज बडजात्याले निर्देशन गरेको ‘उचाइँ’ अगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मले नेपालको पर्यटकीय गन्तव्यको प्रचार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । नेपाल छायांकनको समयमा निर्माण कम्पनी राजश्री प्रोडक्सनले नेपाली करीब २० करोड खर्च गरेको थियो । फिल्ममा डेनी डेन्जोङ्पाको पनि अभिनय छ ।