Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशमा ‘बाबरी’को माग बढ्दो, दक्षिण कोरिया राइट्स विक्री

फिल्मीखबर, काठमाडौं, 2022/09/16
babari movie
 
पछिल्लो समय नेपाली फिल्मले लगानी उठाउन घरेलू बजारको मात्र भर गर्नुपर्ने अवस्था छैन । डिजिटल र ओभरसिज राइट्सबाट पनि निर्माताले ठूलो रकम हात पार्ने गरेका छन् । केही वर्षयता विदेशमा नेपाली फिल्म प्रदर्शन हुने क्रम ह्वात्तै बढेको छ । जसले गर्दा विदेशमा बस्ने नेपालीले लगातार आफ्नो देशको फिल्म हेर्न पाइरहेका छन् भने निर्माताहरुले राहतको सास फेर्न पाएका छन् ।
 
कोरोना महामारीले थलिएको नेपाली फिल्मको ओभरसिज मार्केट फिल्म ‘कबड्डी ४’ले लयमा फर्कायो । त्यसयता धेरै नेपाली फिल्म महंगोमा विभिन्न देशमा विक्री भइसकेका छन् । यस्तैमा, आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘बाबरी’को पनि विदेशी भूमिमा माग बढ्न थालेको छ । र, निर्माताले धमाधम एकपछि अर्को देशको राइट्स ‘सेल’ गरिरहेका छन् ।
 
अष्ट्रेलिया र हङकङपछि फिल्मको दक्षिण कोरिया (सियोल) राइट्स पनि विक्री भएको छ । केटिएम टू सियोल नामक कम्पनीका सिइओ यूविन श्रेष्ठले फिल्मको दक्षिण कोरियाको राइट्स खरिद गरेका हुन् । नेपालकै मितिमा दक्षिण कोरियामा पनि ‘बाबरी’लाई प्रदर्शन गर्ने तयारी गरिएको छ । निर्मात्री पुष्पालता बुढाथोकीले अन्य देशका लागि पनि कुराकानी चलिरहेको जानकारी दिइन् ।
 
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्ममा धिरज मगर, धिरज नाडकर, अदिती बुढाथोकी, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतको अभिनय छ । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुष्मा गुरुङ छिन् । ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।