Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १९ मा ‘छक्का पञ्जा ४’ प्रदर्शन हुने पक्का

फिल्मीखबर, काठमाडौं, 2022/09/16
deepakraj giri and deepashree
 
हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को प्रदर्शन मिति घोषणा भएको छ । शुक्रवार विहान कलाकार दीपकराज गिरीले फेसबुकमा एक तस्विर पोस्ट गर्दै आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । पहिला यो फिल्मलाई कात्तिक ४ गते प्रदर्शन गर्ने सोचमा निर्माण टिम थियो । तर, यो मिति फिल्म ‘के घर के डेरा’ले रोजेकाले ‘छक्का पञ्जा ४’ फागुनमा पुगेको हो ।
 
फागुन १९ मा यसअघि नै ‘वर एन्ड वधु’, ‘परस्त्री’ र ‘बुलाकी’ गरी तीन फिल्मले प्रदर्शन मिति तय गरिसकेका छन् । ‘छक्का पञ्जा ४’ले पनि यही मिति पक्का गरेसँगै अब बक्सअफिसमा चार फिल्म भिड्ने भएका छन् । तर, यो फिल्मका कारण अरु फिल्म पछाडि हट्ने सम्भावना प्रवल छ । फिल्म क्षेत्रसँगै दर्शकको ठूलो वर्गले ‘छक्का पञ्जा ४’को लामो समयदेखि प्रतिक्षा गरिरहेको छ ।
 
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । यसपटक फिल्ममा राजनीतिक विषयलाई उठाइएको जानकारी प्राप्त छ ।