Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कात्तिक १ गतेदेखि सेन्सरका लागि एक हप्ता अगावै सिफारिस लिनुपर्ने

फिल्मीखबर, काठमाण्डौ, 2022/09/15
bord
 
नेपालमा विदेशी फिल्मको सेन्सर मनपरी रुपमा हुँदै आएको छ । विदेशी फिल्मका वितरकहरुले प्रदर्शनको केही घन्टा अगाडि मात्र सेन्सरका लागि सिफारिस लिने गरेका छन् । यसखालको प्रवृति रोक्न चलचित्र विकास बोर्डले स्वदेशी र विदेशी फिल्मको हकमा कात्तिक १ गतेदेखि एक हप्ता अगाडि नै सेन्सरका लागि दरखास्त दिनुपर्ने निर्णय गरेको छ । बोर्डले बिहीवार कान्तिपुर दैनिकमा एक सूचना प्रकाशित गर्दै यसबारेमा जानकारी गराएको हो ।
 
सूचनामा भनिएको छ, ‘चलचित्र जाँच सिफारिस प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउनका लागि कुनै पनि स्वदेशी तथा विदेशी चलचित्रको जाँचका लागि चलचित्र विकास बोर्डमा सिफारिस लिन दरखास्त दिँदा पेश गर्नुपर्ने कागजातको अध्ययन गर्नुपर्ने भएकाले कात्तिक १ गतेदेखि स्वदेशी तथा विदेशी चलचित्र जाँच सेन्सरका लागि सम्बन्धित चलचित्रका निर्माता तथा वितरकले सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ दिन अगावै दरखास्त पेश गर्नुपर्नेछ ।’ 
 
चलचित्र निर्माण, वितरण र प्रदर्शन सम्बन्धि नियमावली २०५७ को नियम १९ मा सूचना तथा सञ्चार मन्त्रालयले तोकेको समयमा मात्र स्वदेशी र विदेशी फिल्म प्रदर्शन गर्नुपर्ने व्यवस्था थियो । तर, अब यो अधिकार मन्त्रालयले बोर्डलाई सुम्पिएको पनि जारी सूचनामा उल्लेख छ । अब चलचित्र विकास बोर्डले नै स्वदेशी र विदेशी फिल्मको प्रदर्शन गर्ने समय तोक्न पाउनेछ ।
 
FDB-Suchana-Kantipur-2078-Bhadra-30
 
त्यस्तै, बोर्डले सूचनामार्फत् प्रदर्शकहरुलाई विहान ६ बजेदेखि बेलुका ११ बजेसम्म मात्र फिल्मको शो निर्धारण गरेर प्रदर्शन गर्न निर्देशन दिएको छ । अन्य समयमा फिल्म प्रदर्शन गर्नुपरे जिल्ला प्रशासन कार्यालयबाट लिखित स्वीकृति लिएर लिखित जानकारी चलचित्र विकास बोर्ड र सम्बन्धित आन्तरिक राजश्व कार्यालय, करखाना सेवा कार्यालयलाई गराउनुपर्ने सूचनामा उल्लेख छ ।