Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सामी सामी’ गीतमा नाचेकी नेपाली बालिकासँग भेट्ने रश्मिकाको इच्छा

फिल्मीखबर, काठमाडौं, 2022/09/14
केही दिनयता सामाजिक सञ्जालमा एक स्कूले बालिका साउथ फिल्म ‘पुष्पा’को ‘सामी सामी’ गीतमा नृत्य गरेको भिडियो भाइरल बनेको छ । नेपालको कुनै शहरी क्षेत्रको स्कूलमा अध्ययन गर्ने ती बालिकाको शारीरिक रुपमा तौल केही बढी भए पनि उनले जुन अदा, हाउभाउ र अन्दाजमा नृत्य गरेकी छन्, त्यसले धेरैको ध्यान खिचेको छ । ती बालिकाको नाम र ठेगाना भने खुलेको छैन । 
 
Rashmika Mandanna
 
ती बालिकाले नाचेको भिडियो अभिनेत्री रश्मिका मन्दानाले पनि हेरेकी छन् । फिल्मको ‘सामी सामी’ गीतमा उनले नै नृत्य गरेकी थिइन् । तेजा नामको ट्विटर प्रयोगकर्ताले उक्त भिडियो शेयर गरेर रश्मिकालाई मेन्सन गरेपछि उनले रि-ट्विट गर्दै ती बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘मेड माइ डे । म यो प्यारीलाई भेट्न चाहन्छु । कसरी भेट्न सक्छु ?’
 
यो गीतमा यसअघि लाखौंको संख्यामा नेपालीहरुले टिकटक बनाइसकेका छन् । तर, ती बालिकाले रश्मिकाको नृत्य शैली आफ्नै अन्दाजमा टिपेकी छन्, जुन रोचक लाग्छ । त्यसैले पनि उनले नाचेको भिडियो सर्वाधिक रुचाइएको छ । ती बालिकामा नृत्यको गुण देखिन्छ । ‘सामी सामी’ गीत नेपालमा युवादेखि बच्चासम्म कुन हदसम्म लोकप्रिय बनेको छ भन्ने यो एउटा उदाहरण पनि हो ।
 
आफ्नो गीतमा नृत्य गर्ने नेपाली बालिकासँग रश्मिकाको भेट्ने सपना साकार हुन्छ वा हुँदैन त्यो हेर्न बाँकी छ । तर, उनले नेपाली फिल्मका एक चर्चित नायकसँग भने एक बलिउड फिल्ममा एकसाथ काम गर्दैछिन् । उनको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘एनिमल’मा नेपाली अभिनेता विपिन कार्कीले अभिनय गर्दैछन् । रश्मिका भारतमा झैं नेपालमा धेरै युवाहरुको ‘क्रस’ बनेकी छन् ।