Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समीक्षा लेख्छिन्, ‘मैले क्षतिपूर्ति बापत रकम मागेकी र लिएकी छैन’

फिल्मीखबर, काठमाडौं, 2022/09/13
Samikshya Adhikari
 
गायिका तथा मोडल समीक्षा अधिकारीले आफूले भोगिरहेको एउटा दुखद् घटनामा क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको र नलिएको बताएकी छन् । उनले मंगलवार फेसबुकमा स्टाटस लेख्दै क्षतिपूर्ति बापतको उक्त रकम (१० लाख रुपैयाँ) लिने आफ्नो मनसाय पनि नभएको उल्लेख गरेकी छन् । 
 
उनले सामाजिक सञ्जालमा आफूविरुद्ध बनेका लज्जास्पद तस्विर र गाली-गलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेकाले आफ्नै घरको घटना जस्तो सम्झेर समस्यालाई नियालिदिन आग्रह गरेकी छन् । उनले आफूले भोगिरहेको घटना आफू र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद् घटना रहेको पनि उल्लेख गरेकी छन् । 
 
गायिका अधिकारीले लेखेकी छन्, ‘म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु । यहाँहरुको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’ उक्त घटनापछि पनि समीक्षा गायनमा सक्रिय छिन् । तर, सामाजिक सञ्जालमा उनलाई लिएर विभिन्न खाले टिका-टिप्पणी हुँदै आएको छ ।