Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 1.00/5.00)
Text size:-
+
-

स्वस्तिमाले एन्जेलिना जोलीको कपी गरेकी हुन् ?

फिल्मीखबर, काठमाण्डौ, 2022/09/12
swostima khadka
 
विदेशी फिल्मबाट कथादेखि सिनसम्म चोरचार गरेर नेपाली फिल्म बन्न अझै छाडेका छैनन् । पोस्टर समेत विदेशी फिल्मबाट कपी गरिन्छ । त्यसैले पनि नेपाली फिल्मले वर्षौंदेखि चोरीको आरोप खेप्दै आएको छ । मेकरले मात्र होइन कलाकारहरुले समेत विदेशी कलाकारको अभिनय शैली र स्टाइल पछ्याउने गरेका हुन्छन् । तर, नक्कल गर्न पनि अक्कल नजानेपछि आलोचित बन्ने गर्छन् । 
 
अहिले अभिनेत्री स्वस्तिमा खड्काको एक फोटोसुटलाई पनि चोरीको आरोप लागेको छ । उनले दुई हातमा पेस्तोल बोकेर एक्सन मूडमा फोटोसुट गरेको एक प्रति आइतवार फेसबुकमा राखेकी छन् । हलिउड फिल्म ‘टम्ब रेइडर’मा अभिनेत्री एन्जेलिना जोलीले निर्वाह गरेको क्यारेक्टरबाट स्वस्तिमाको फोटोसुट डिट्टो कपी देखिन्छ । यसैले उनको फोटोसुट यतिबेला व्यापक ट्रोल बनेको छ ।
 
उनको पोस्टमा प्रायःले व्यंग्यपूर्ण कमेन्ट गरेका छन् । कतिले एन्जेलिना जोलीबाट प्रभावित भनेका छन् भने कतिले बन्दुक देखेर बाल्यकालको सम्झना आएको उल्लेख गरेका छन् । हुन पनि स्वस्तिमाले बोकेका बन्दुक बच्चाको खेलौना जस्तो देखिन्छ । यही हो, नक्कल गर्न अक्कल नजान्नुको परिणाम । कतिपयले स्वस्तिमाको फोटोसुटलाई पब्जीको नयाँ क्यारेक्टर भनेर व्यंग्य गरेका छन् ।
 
उनले म्यागजिनका लागि यो फोटोसुट गराएकी हुन् । तर, एन्जेलिना जोलीले फिल्ममा निर्वाह गरेको क्यारेक्टरबाट प्रभावित भएर स्वस्तिमाले किन फोटोसुट गराइन् ? धेरैलाई चासोको विषय बनेको छ । कतै उनलाई ‘टम्ब रेइडर’मा एन्जेलिनाको क्यारेक्टर मन पर्ने भएर त होइन ? तर, उनी जस्तो अब्बल अभिनेत्रीलाई कुनै विदेशी कलाकारबाट प्रभावित भएर फोटोसुट गर्न शोभा दिँदैन ।