
अघिल्लो पुस्ताकी अभिनेत्री गौरी मल्ललाई ‘क्विन अफ एक्टिङ अवार्ड’ र युवापुस्ताकी अभिनेत्री स्वस्तिमा खड्कालाई ‘पपुलर सिने स्टार अवार्ड’ प्रदान गरिएको छ । शनिवार हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड’मा उनीहरुले उक्त अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै, अभिनेता सरोज खनाललाई ‘एक्टिङ स्टार’को अवार्ड प्रदान गरियो ।
‘पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन’ भन्ने स्लोगनसहित आयोजना भएको अवार्ड कार्यक्रममा आइकोनिक पपुलर मोडलको अवार्ड मोडल तथा अभिनेता दिक्पाल कार्कीले प्राप्त गर्दा एभरग्रिन मेलोडी भोकल स्टारको अवार्ड आनन्द कार्की र क्विन अफ एभरग्रिन भ्वाइसको अवार्ड अन्जु पन्तलाई प्रदान गरियो । सुक्निता चौलागाईले भने पपुलर ड्रेस डिजाइनरको अवार्ड प्राप्त गरिन् ।
कार्यक्रमको सुरुवातमा गायक धिरज राईले हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक तथा मोडल हिमानी सुब्बाको कोरियोग्राफीमा प्रस्तुती दिएका थिए । हिमानीले धिरजको प्रस्तुतीसँगै र्याम्प वकमा सुन्दरीहरुलाई हिँडाएकी थिइन् । हिमानीले फिल्म, सांगीतिक क्षेत्रसँगै फेसन एवं मोडलिङ क्षेत्रको व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम गरेको जानकारी दिइन् ।

