Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

रणवीरको ‘ब्रम्हास्त्र’को बम्पर ओपनिङ

एजेन्सी, मुम्बई, 2022/09/10
Why is #BoycottBrahmastra trending? Netizens upset with Ranbir Kapoor for  THIS reason
 
अयान मुखर्जी निर्देशित फिल्म ‘ब्रम्हास्त्र’ले बक्सअफिसमा गजब सुरुवात गरेको छ । प्रदर्शनको पहिलो दिन ३६ करोड कमाउँदै यस वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने बलिउड फिल्म बनेको छ । पहिलो दिन फिल्मले ३२ करोडसम्म कमाउने अनुमान ट्रेड एनालिस्टहरुको थियो । समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको यो फिल्मले एड्भान्स बुकिङबाटै १९ करोड बढी कमाएको थियो । 
 
वर्ल्डवाइड कलेक्सनमा पनि ‘ब्रम्हास्त्र’ले बाजी मारेको छ । फिल्मले विश्वभरबाट ६० करोडमाथि कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतमा शनिवार र आइतवार विदा भएकाले विकेन्डमा फिल्मको कमाई सय करोड नाघ्ने अनुमान गरिएको छ । एकपछि अर्को आशातित फिल्म असफल हुँदा संकट छाएको बलिउडमा ‘ब्रम्हास्त्र’को सानदार ओपनिङले खुसी छरेको छ । 
 
यो फिल्मभन्दा अगाडि अक्षय कुमारको ‘सूर्यवंशी’, आलिया भट्टको ‘गंगूबाई काठियावाडी’ र कार्तिक आर्यनको ‘भूल भुलैया २’ले पनि भारतीय बक्सअफिसमा सुखद् कमाई गरेका थिए । तर, ‘जुग जुग जियो’, ‘सम्सेरा’, ‘पृथ्वीराज’, ‘भिलेन रिर्टन्स’ जस्ता बलिउड फिल्महरु नराम्रोसँग पछारिए । बलियो स्टारकास्ट, लोकप्रिय गीत-संगीतका कारण ‘ब्रम्हास्त्र’लाई सानदार ओपनिङ मिलेको हो । 
 
रणबीर कपूर, आलिया भट्टको मुख्य भूमिका रहेको ‘ब्रम्हास्त्र’मा अमिताभ बच्चन, नागार्जुन, मौनी रोयको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्ममा शाहरुख खान केमियो भूमिकामा छन् । फिल्मको मेकिङ र भिएफएक्सलाई सर्वाधिक रुचाइएको छ । तर, कमजोर पटकथाका कारण फिल्म बलियो बन्न सकेको छैन । रणबीर कपूर, अयान मुखर्जी, करण जोहरले फिल्मको निर्माण गरेका हुन् ।