Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

केकी र आँचललाई लिएर ‘झिँगेदाउ’ निर्देशकले अर्को फिल्म बनाउने

फिल्मीखबर, काठमाडौं, 2022/09/10
नेपाली समाजमा एउटा प्रचलित उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ ।’ यो उखान फिल्म ‘झिँगेदाउ’को हकमा यथार्थमा परिणत भएको छ । प्रदर्शनपूर्व सम्भवतः फिल्मको टिमबाहेक अरुले खासै ठूलो अपेक्षा राखेका थिएनन् । मुश्किलले हप्ता दिन हलमा टिक्न सक्ने आँकलन गरिएको थियो । तर, यतिबेला यो फिल्मले घरेलु बक्सअफिसमा नसोचेको व्यापारिक अंक जोडिरहेको छ ।
 
प्रदर्शनको पहिलो दिन फिल्मको व्यापार अपेक्षाकृत हुन सकेको थिएन । तर, शनिवारबाट उकालो लागेको फिल्म अब यस वर्षको हिट लिस्टमा नाम लेख्ने दौडमा छ । पहिलो हप्ताको व्यापारिक नतिजा सुखद् आएपछि राजधानीसहितका मल्टीप्लेक्सहरुले दोस्रो साता पनि फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन् । र, ‘अफ डे’मा पनि फिल्मले हलहरुमा हाउसफुल दर्शक पाइरहेको छ । 
 
Keki Adhikari And Achal sharma
 
फिल्मको कथावस्तु नै दर्शकलाई आकर्षित गर्ने बलियो अस्त्र बनेको छ । एउटा शान्त र खुसी परिवार दुई छोराको विवाहपछि कसरी भताभुंग बन्छ भन्ने फिल्ममा देखाइएको छ । यही कारण फिल्म हेर्न परिवारसहित हल पुग्ने दर्शकको चाप बढी छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा हिउँवाला गौतम, केकी अधिकारी र आँचल शर्माको अभिनयको निकै प्रशंसा भइरहेको छ ।
 
‘झिँगेदाउ’ हिट हुने निश्चित भएपछि निर्देशक देउजाले केकी र आँचललाई लिएर अर्को नयाँ फिल्म पनि बनाउने घोषणा गरेका छन् । हालै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘अब मैले आफ्नो ब्यानरबाट निर्माण गर्ने नयाँ फिल्ममा केकी र आँचललाई छुटाउँदिनँ । उहाँहरुको व्यस्तताले सहकार्य हुन सकेन भने फरक कुरा हो । तर, म फेरि दुवैसँग फिल्ममा सहकार्य गर्न एकदमै इच्छुक छु । 
 
नेपाल राष्ट्र बैंकबाट रिटायर भएपछि आफूले ७ वर्ष दर्शकको स्वाद बुझ्न अध्ययन गरेको र त्यही अध्ययनको प्रतिफल ‘झिँगेदाउ’ रहेको देउजा बताउँछन् । ‘दर्शकहरुलाई यो चिज मनपर्न सक्छ र यो ट्रिटमेन्ट गर्‍यो भने म सफल हुन्छु भन्ने हिसाबमा काम गरेको थिएँ । आज दर्शकले त्यो कुरा स्वीकार गर्दिनुभएको छ, खुसी छु,’ उनले भने । अब देउजा फिल्म ‘जेल ब्रेकर’को तयारीमा छन् ।