Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’को गीतमा रोमान्टिक प्रदीप र क्रिस्टिना

फिल्मीखबर, काठमाडौं, 2022/09/06
 Pradeep Khadka, Kristina Gurung
 
दशैंको अवसर पारेर आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘प्रेमगीत ३’ को नयाँ गीत सार्वजनिक भएको छ । हिन्दी भर्सनको ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा भारतकी चर्चित पार्श्व गायिका पलक मुच्छल र अंकित तिवारीको स्वर रहेको छ भने कुमारको शब्द रचना र असलम केयीको संगीत छ । गीतको अडियो बलियो छ । 
 
त्यस्तै, फिल्ममा समावेश नेपाली भर्सनको ‘हर युग होस्’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, राजेश श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । हिन्दी र नेपाली दुवै गीतको भिडियोमा दृश्यहरु एउटै छन् । अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ रोमान्टिक भावमा प्रस्तुत गीतको भिडियोमा हिउँले सेताम्मे हिमालको दृश्य र राजेश श्रेष्ठको छायांकन गजब छ । 
 
‘प्रेमगीत ३’ हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुन लागेको हो । यसअघि हिन्दीमा डब भएर नेपाली फिल्म भारतमा प्रदर्शन भएका थिएनन् । वितरक कम्पनीका अनुसार, फिल्म भारतमा १५ सय हलमा प्रदर्शन हुनेछ । यतिबेला फिल्मको टिमले भारतका विभिन्न ठाउँमा पुगेर प्रचार गरिरहेको छ । फिल्मको यसअघि हिन्दी र नेपाली दुवै भर्सनमा टिजर र ट्रेलर रिलिज भइसकेको छ । 
 
स्वं. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप र क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतको अभिनय रहेको छ । फिल्मलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले मिलेर खिचेका हुन् । 
 
नेपाली भर्सनको गीत :-
 

 

हिन्दी भर्सनको गीत :-