Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केपी ओलीलाई १० लाख दिएर फिल्म खेलाउन किरण केसी तयार

फिल्मीखबर, काठमाडौं, 2022/09/05
kp oli and kiran kc
 
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धेरैका मनपर्ने नेता हुन् । फिल्म क्षेत्रमा पनि उनलाई मन पराउने कलाकारहरु धेरै छन् । राष्ट्रियताको सवालमा लिने अडान होस् वा हाँस्यरससहितको तिखो व्यङ्ग्य, यीनै कारणले केपी ओली प्रायः कलाकारको रोजाईमा पर्ने गर्छन् । हाँस्य कलाकारहरुले त आफूहरुको काम केपी ओलीले गरिरहेको बताउने गरेका छन् । 
 
२०७६ सालमा केपी ओलीको अभिनय रहने गरी फिल्म ‘रातो सूर्य’को घोषणा गरिएको थियो । तर, पछि यो फिल्म निर्माण भएन । हाँस्य कलाकार तथा फिल्म निर्माता किरण केसी ‘राता मकैं’ले पनि अध्यक्ष ओलीलाई लिएर फिल्म बनाउने इच्छा व्यक्त गरेका छन् । केपी ओली फिल्ममा काम गर्न राजी भएको खण्डमा पारिश्रमिक स्वरुप १० लाख ११ हजार दिने पनि उनले घोषणा गरेका छन् । 
 
हालै प्रकाश सुवेदीसँगको अन्तर्वार्तामा उनले भने, ‘हामीहरुले लेख्ने पञ्चलाइनहरु केपी ओलीले बोलिरहनुभएको हुन्छ । उहाँको शरीरमा कला र हाँस्य व्यंग्य प्रचुर छ । उहाँ फिल्म खेल्नु हुन्थ्यो भने म खेलाउँछु । उहाँले फिल्म खेल्ने हो भने १० लाख ११ हजार म दिन्छु । उहाँलाई दुई दिन मात्र सुटिङ गराउँछु । त्यो पनि दुई दिन ३-३ घन्टा मात्र । दुई दिनमा ६ घन्टा मात्र सुटिङ गराउँछु ।’ 
 
नेकपा एकिकृत समाजवादीकी नेतृ तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीलाई पनि फिल्म खेलाउन तयार रहेको किरणले बताएका छन् । रामकुमारीसँग त उनलाई आफैं जोडी भएर काम गर्ने इच्छा रहेछ । उनले भनेका छन्, ‘यदि रामकुमारी झाँक्री बहिनीले मान्छिन् भने म आफैं जोडी भएर काम गर्छु । मलाई उहाँ साह्रै मन पर्छ । उहाँलाई अहिलेका चलेका हिरोइन बराबरै पारिश्रमिक दिनेछु ।’