Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विदेशमा पनि नियमित शोमा ‘महापुरुष’ प्रदर्शन हुने

फिल्मीखबर, काठमाडौं, 2022/09/04
भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरुष’ विदेशका विभिन्न देशहरुमा पनि नियमित शोमा प्रदर्शन हुने भएको छ । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरुमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको अमेरिका र अस्ट्रेलियाको लागि नियमित शोको लगभग निश्चित भइसकेको छ । 
 
एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले फिल्मको अमेरिका राइट्स किनेको हो । प्रदीप भट्टराईले निर्देशन गरेको फिल्मलाई अस्ट्रेलियाका विभिन्न प्रान्तमा हुने नियमित शोको टिकट एकै सर्भरमार्फत् लिन सकिने गरी एमएसएम इभेन्ट्सले एप बनाइरहेको छ । अस्ट्रेलियामा फिल्मको माग उच्च रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले जानकारी दिए ।
 
hamapurus
 
अमेरिका राइट्स लिएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीले निर्देशक प्रदीप भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँले यसअघि सहकार्य गरेका फिल्मले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए । ‘हामीले यहाँ विभिन्न शोहरु आयोजना गरिसकेका छौँ । यो फिल्मले दर्शकलाई निराश बनाउने छैन । त्यसैले हामीले राइट्स ढुक्क भएर खरिद गरेका हौँ ।’ 
 
विदेशमा नियमित शोमा फिल्म प्रदर्शन हुने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता तथा कलाकार बानियाँले बताए । ‘अब विदेशमा पनि दर्शकलाई नियमित शोमै फिल्म देखाउने हाम्रो तयारी पूरा भएको छ । अब दर्शकले आफ्नो अनुकूल समयमा हेर्न पाउनु हुनेछ,’ उनले भने । ‘महापुरुष’को अस्ट्रेलिया र अमेरिका प्रदर्शन अधिकार ५०/५० लाखमा विक्री भएको हो ।
 
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डेलगायतको अभिनय रहेको छ । दीपक बज्रचार्यले खिचेको यस फिल्ममा रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री निर्मातामा छन् ।