Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिजो आजका कुरा’को ‘परदेश’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2022/09/02
keki and reema
 
हाँस्य कलाकार सन्तोष पन्तका छोरा साकार पन्तको डेब्यू निर्देशनमा बनेको फिल्म ‘हिजो आजका कुरा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘परदेश’ बोलको वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रचना रहेको छ । गीतको भिडियोमा परदेश र नेपालमा बस्ने परिवारको कथालाई देखाइएको छ । गीतको अडियो पक्ष राम्रो छ । 
 
२०७७ सालको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै २०७६ सालको फागुनमा निर्माण टिमले फिल्ममा समावेश ‘माया जदौ’ बोलको गीत सार्वजनिक गरेको थियो । त्यसबेला यो गीत निकै चल्यो । यूट्युबमा यो गीतलाई २ करोडभन्दा बढीले हेरेका छन् । तर, कोरोना महामारीका कारण फिल्म भने रिलिज हुन सकेन । अब यो फिल्म असोज २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
 
करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण भएको फिल्मले कुनै न कुनै रुपमा विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठाएको छ । 
 
सन्तोष र रमासँगै केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय रहेको फिल्मलाई रवि सायमीले छायांकन गरेका हुन् । यस फिल्ममा प्रतिभा पन्त कार्यकारी निर्माता, सन्तोष पन्त/सकार पन्त निर्माता र बैकुण्ठ प्रसाद उपाध्याय/कुमार मिश्र सह-निर्मातामा छन् ।
 
भिडियो :-