Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्सअफिसमा पूजा भर्सेस केकी र आँचल

फिल्मीखबर, काठमाडौं, 2022/09/02
pooja sharma and aachal sharma
 
कोरोनाका कारण थन्किएका र कोभिड मत्थर भएपछि निर्माण भएका फिल्महरु यतिबेला एकपछि अर्को गर्दै प्रदर्शनमा आइरहेका छन् । असारयता हरेक हप्ता हलमा नेपाली फिल्म टुटेका छैनन् । फिल्मको चाप यो हदसम्म छ कि एकै मितिमा दुई/तीनवटा फिल्म भिडिरहेका छन् । यो हप्ताका लागि शुक्रवारबाट दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन् । 
 
यी दुवै फरक स्वादका फिल्म हुन् । लभस्टोरी फिल्म निर्देशनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ भने पुराना सफल निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ले एक परिवारभित्रको कथालाई उठाएको छ । यसकारण यो हप्ता दर्शकहरुले आ-आफ्नो स्वाद अनुसारको फिल्म हेर्न पाउनेछन् ।
 
दुवै फिल्मका नाम चलेका कलाकारहरुको अभिनय छ । ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । यही फिल्मबाट गायकको रुपमा चर्चित सोनम तोप्देनले नायकको रुपमा डेब्यू गरेका छन् । त्यस्तै, ‘झिँगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुषालको मुख्य भूमिका छ । यो फिल्मले पनि नायकको रुपमा कुशल विष्टलाई जन्म दिएको छ ।
 
फिल्म क्षेत्रमा पूजा र आँचललाई एकअर्काको प्रतिस्पर्धी भनिन्छ । र, पहिलो पटक उनीहरुको फिल्म एकआपसमा भिडेको हो । जसले गर्दा यो भिडन्तलाई उनीहरुको स्टारडम मापनको रुपमा हेरिएको छ । दुवै फिल्मको भविष्य ‘वर्ड अफ माउथ’मा निर्भर छ । ‘झिँगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ले मल्टीप्लेक्सहरुमा समान शो पाएका छन् भने सिंगल थिएटर पनि बराबरी जस्तै नै छ ।