Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन स्थगित भयो पल शाहको मुद्धाको सुनुवाइ ?

फिल्मीखबर, काठमाण्डौ, 2022/08/31
एक नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा जेल जीवन विताइरहेका चर्चित नायक पल शाहको मुद्धामा जिल्ला अदालत तनहुँले बुधवार (आज) सुनुवाइ गर्ने म्याद तोकेको थियो । तर, उनको मुद्धा हेर्ने न्यायाधीश अनुपस्थित भएपछि सुनुवाइ स्थगित भएको छ । शाहको बलात्कार सम्बन्धि मुद्धा तनहुँ जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।
 
आज सुनुवाई भएको भए पललाई धरौटीमा छाड्ने वा थुनामै राख्ने विषयमा तनहुँ अदालतले आदेश दिन सक्ने थियो । अदालतले पलको बलात्कार सम्बन्धि मुद्धाको सुनुवाई गर्न अर्को म्याद तोकेको छैन । नवलपुर जिल्ला अदालतले भने भदौ २१ गतेका लागि पेशी तोकेको छ । नाबालिगले तनहुँपछि नवलपुर प्रहरी कार्यालयमा पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । 
 
पल शाहलाई थुनामा पठाउन अदालतको आदेश
 
गत चैत १० गते तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि पूर्वी नवलपरासी अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध पलका वकिलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । तर, उच्च अदालत पोखराले पनि उनलाई थुनामै पठाउन आदेश जारी गर्‍यो । 
 
नाबालिगका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा गत फागुन ११ मा किटानी जाहेरी दिएका थिए भने फागुन १५ गते नवलपरासी प्रहरीमा पनि जबर्जस्ती करणीको अभियोगमा मुद्धा दर्ता गरेका थिए । यही दिन शाहले तनुहँ प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । तनहुँले २१ दिन र नवलपरासी प्रहरीले ७ दिन हिरासतमा राखेर शाहमाथि अनुसन्धान गरेको थियो । 
 
तनहुँ र नवलपरासीको प्रहरी कार्यालयमा नाबालिगका बुबाले दिएको जाहेरीमा पल शाहले विभिन्न ठाउँमा पटक-पटक छोरीलाई जबर्जस्ती करणी गरेको उल्लेख छ । तर, पछि दुवै अदालतमा बकपत्र गर्ने क्रममा नाबालिगले आफूलाई शाहले जबर्जस्ती करणी नगरेको भन्दै बयान फेरेकी थिइन् । उनका बुबाले पनि ‘बुझ्दै जाँदा त्यस्तो केही नै नभएको रैछ’ भन्दै आफ्नो बयान फेरेका थिए ।