Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनमा पुगे सरोज खनाल

फिल्मीखबर, फिल्मीखबर, 2022/08/31
saroj khanal
 
यस वर्ष अष्ट्रेलियामा आयोजना हुन लागेको आईसीसी पुरुष २०-२० विश्वकप क्रिकेटको ट्रफी हेर्न र उचाल्न अभिनेता तथा फिल्म ‘बगान’का निर्देशक सरोज खनाल भक्तपुर पुगेका छन् । बुधवार विश्वकप क्रिकेटको ट्रफी भक्तपुरमा सर्वसाधारणका लागि प्रदर्शन गरिएको थियो । जहाँ खनाल उपस्थित भएका थिए । उनले विश्वकपको ट्रफी नेपाल आउनु अत्यन्त खुसीको कुरा रहेको बताए । 
 
सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै विश्वकप क्रिकेटको ट्रफी नेपाल आएको जानकारी गराएको थियो । उक्त ट्रफी भक्तपुर दरबार स्क्वायरमा ११ः३० बजेबाट प्रदर्शनीमा राखिएको हो । ट्रफी प्रदर्शनीमा अभिनेता खनालसँगै नेपाली टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषावकर, महबुब आलम, रुबिना क्षेत्रीलगायतका व्यक्तिहरुको उपस्थिति थियो । 
 
विश्वकप क्रिकेटको ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको हो । नेपालमा क्रिकेटको ठूलो क्रेज छ । नेपाली फिल्मका धेरैजसो कलाकारहरुले पनि क्रिकेटप्रति रुचि राख्ने गरेका छन् । सरोज खनाल पनि क्रिकेटप्रति रुचि राख्ने कलाकारमा पर्दछन् ।
 
तस्विर स्रोत : कान्तिपुर