Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ललित भुसालको ‘क्रस्ड वीङ्स’ अमेरिकाको फेस्टिभलमा छानियो

फिल्मीखबर, काठमाडौं, 2022/08/28
lalit bhusal
 
ललित भुसालको निर्देशनमा बनेको फिल्म ‘क्रस्ड वीङ्स’ अमेरिकाको मिसिगन राज्यमा हुन लागेको संसारकै प्रतिष्ठित रोयल स्टार फिल्म फेस्टिभलमा छानिएको छ । यही भदौ २६ गते (सेप्टेम्बर ११) हुने फेस्टिभलमा उक्त फिल्म आधिकारिक रुपमा छनोट भएको हो । यसअघि यो फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी भएर पुरस्कारहरु पनि प्राप्त गरिसकेको छ । 
 
निर्देशक भुसालका अनुसार, अहिलेसम्म ५० भन्दा बढी अन्तर्राष्ट्रिय महोत्सवहरुमा छनोट भएर विभिन्न विधामा पुरस्कृत भइसकेको छ । सानैमा बालिकाको संवेदनशील यौनाङ्ग काटिदिने कु-प्रथामाथि फिल्म बनेको छ । यो विषयमा निर्माण भएको विश्वकै पहिलो अंग्रेजी फिल्म दाबी गर्छन् निर्देशक भुसाल । फिल्मले बाल शोषणको कठोर यथार्थतर्फ आँखा खोल्न बाध्य पार्ने उनको दाबी छ । 
 
एसियाको कुनै गाउँमा हुर्किरहेकी एक बालिकाको दुर्भाग्यपूर्ण जीवनयात्रामा आधारित फिल्मलाई क्याम बुद्ध फिल्म्सले निर्माण गरेको हो । बुटवल स्थायी घर भएका ललित सन् २००० देखि बेलायतमा छन् । उनले सन् १९९४ ताका बलिउडमा निकै संघर्ष गरेका थिए । सन् २००३ मा उनले एक बलिउड फिल्म पनि गरेका थिए, जुन रिलिज भएन । त्यसपछि उनी निर्देशनतर्फ मोडिए ।