Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाबरी’पछि फेरि एकसाथ काम गर्दै अदिती र धिरज

फिल्मीखबर, काठमाडौं, 2022/08/28
dhiraj magar and aditi budathoki
 
अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धिरज मगरले अभिनय गरेको फिल्म ‘बाबरी’ बडा दशैंको छेको पारेर आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउने तयारी छ । ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ बोलका दुई गीतबाट चर्चामा रहेको फिल्मको ट्रेलरले पनि राम्रो प्रतिक्रिया बटुलेको छ । पहिलो पटक एकसाथ काम गरेका अदिती र धिरजको जोडीलाई दर्शकहरुले निकै रुचाएका छन् । 
 
‘बाबरी’पछि यो जोडीलाई फेरि पर्दामा हेर्न पाइने भएको छ । यसै फिल्मकी निर्माता पुष्पलता बुढाथोकी (अदितीकी आमा) ले बुबाको मुख हेर्ने दिनमा नयाँ फिल्मको घोषणा गर्दै मुख्य भूमिकामा अदिती र धिरज रहने जानकारी दिइन् । हाल स्क्रिप्ट लेखनको काम भइरहेको र चाँडै टाइटल घोषणा गर्ने उनले बताइन् । उक्त अनटाइटल प्रोजेक्टको लागि निर्देशक फाइनल भएका छैनन् । 
 
आगामी फागुनदेखि फिल्मको छायांकन सुरु हुने निर्माता बुढाथोकीको भनाई छ । गीत र ट्रेलरमा दर्शकहरुले अदिती र धिरजको जोडीलाई सर्वाधिक रुचाएकाले उनीहरुलाई नै पुनः दोहोर्‍याउने निर्णय गरेको उनले बताइन् । ‘बाबरी’ पुष्पलताको पहिलो निर्माण हो । सुरेन्द्र पौडेलले निर्देशनमा बनेको फिल्ममा पुरानी अभिनेत्री तृप्ति नाडकरका छोरा धिरजको पनि मुख्य भूमिका रहेको छ । 
 
बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतको पनि अभिनय रहेको फिल्मको निर्मातामा गणेश बुढाथोकी र सह-निर्मातामा भने सुष्मा गुरुङ छिन् । रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद लेखन रहेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।