Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

शनिबार कस्तो चल्यो ‘प्रकाश’ ?

फिल्मीखबर, काठमाडौं, 2022/08/27
रिलिजको दोश्रो दिन शनिवार चलचित्र ‘प्रकाश’ले उत्साहजनक व्यवसाय गरेको छ । माउथ पब्लिसिटीमा अब्बल साबित भएको यो चलचित्रका शनिबार राजधानीका अधिकांश मल्टीप्लेक्स शोहरु भरिभराउ देखिएका छन् । उपत्यका बाहिर पनि ८० प्रतिशत अकुपेन्सी आँकलन गरिएको छ ।
 
मल्टिप्लेक्सहरुले शुक्रबार भन्दा शनिवारको व्यापार धेरै रहेको कारण आइतवारदेखि अझै दर्शक हलसम्म पुग्ने बिश्वास गरेका छन् । सुन्धाराको सिभिल मलमा रहेको क्यूएफएक्सका म्यानेजर शंकर नेपालले ‘कबड्डी ४’ पछि ‘प्रकाश’मा यतिका दर्शक आएको बताएका छन् । चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रिया सकारात्मक रहेको उनले बताए । कर्णालिको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको चलचित्रलाई विदेशमा चलचित्र हेरेका दर्शकहरुले समेत रुचाएका छन् ।
 
 
नायक प्रदिप खड्काको स्टारडम, दिनेश राउतको सिनेमा लिगेसी तथा कथावस्तुका कारण ‘प्रकाश’ले शुक्रबार भन्दा शनिबार थप आक्रामक ब्यापार गरेको आँकलन गरिएको छ । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
 
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्र्व संगीत रहेको छ ।