Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रतासँग तर्सिएका कि तर्किएका आर्यन ?

फिल्मीखबर, काठमाण्डौ, 2022/08/25
लभस्टोरी फिल्ममा युवापुस्ताको ठूलो जमातले अत्याधिक रुचाएको जोडी हो, आर्यन सिग्देल र नम्रता श्रेष्ठ । उनीहरुबीच पहिलो पटक फिल्म ‘मेरो एउटा साथी छ’मा सहकार्य भएको थियो । यो फिल्मलाई लभस्टोरीमा माइलस्टोन भनिन्छ । यसपछि उनीहरुले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’बाट पनि दर्शकको मन जिते । तर, ‘क्लासिक’पछि यो जोडीको फिल्ममा सहकार्य नै हुन सकेको छैन । 
 
dinesh raut, aaryan sigdel and namrata shrestha
 
निर्देशक दिनेश राउतले ‘क्लासिक’पछि एक फिल्ममा आर्यन र नम्रताको जोडी बाँध्न खोजेका थिए । त्यस फिल्ममा आर्यनले तौल घटाउनुपर्ने थियो । तर, उनले तौल घटाउन मिहेनत नगरेपछि निर्देशक राउतले पनि फिल्म बनाएनन् । लामो समयदेखि फिल्ममा नदेखेका कारण दर्शकहरु आर्यन र नम्रताको जोडीलाई फेरि पर्दामा हेर्न इच्छुक छन् । तर, त्यो सम्भावना न्यून हुँदै गएको छ ।
 
पछिल्लो समय उनीहरुको सम्बन्ध खासै राम्रो नभएको चर्चा छ । बुधवार फिल्म ‘प्रकाश’को प्रिमियरमा पनि यो जोडीको सम्बन्ध विगतको जस्तो छैन भन्ने स्पष्ट देखिन्थ्यो । बिग मुभिजमा आयोजित प्रिमियरमा निर्देशक दिनेश राउत फिल्मको ब्यानर अगाडि नम्रतासँग फोटो खिच्दै थिए । त्यस्तैमा निर्देशक राउतलाई फिल्मको शुभकामना दिन आर्यन पनि मिडियाको क्यामेरा फ्रेममा पसे ।
 
दिनेश राउतले एकातिर आर्यन र अर्कोतिर नम्रतालाई राखेर तस्विर खिचाए । त्यसपछि मिडियाकर्मीले तस्विरका लागि आर्यन र नम्रतालाई एकसाथ उभिन आग्रह गरे । तर, आर्यन त्यहाँबाट तर्किन खोजे । आर्यन हिँड्न लागेपछि राउतले उनको हात तानेर नम्रताको छेउमा उभ्याइदिए । अनि, उनले बाध्य भएर नम्रतासँग फोटो खिचे । तर, दुवैले एकअर्काको अनुहारसम्म पनि हेरेनन् ।
 
dinesh raut, aaryan sigdel and namrata shrestha
 
‘प्रकाश’ हेरेपछि नम्रतासहित अधिकांश फिल्मकर्मीले मिडियामा आफ्नो धारणा राखेका थिए । तर, आर्यन भने लुसुक्क निस्किए । मिडियाले फेरि नम्रतासँग एकसाथ उभ्याएर फिल्मको विषयमा धारणा राख्न लगाउने र नर्वेमा फिल्म छायांकनका लागि नक्कली कागजपत्र पेश गरेको विषयमा प्रश्न आउने बुझेरै उनी लुसुक्क हिँडेको बुझ्न सकिन्छ । आर्यन प्रिमियरमा श्रीमातीसँग पुगेका थिए ।
 
तस्विर : सुरेन्द्र थापा (स्माइल)