Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ’को ‘टल टल टलक्कै’ गीतमा कुशल र आँचलको केमेस्ट्री

फिल्मीखबर, काठमाण्डौ, 2022/08/24
भदौ १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीतले यतिबेला सांगीतिक बजारमा धूम मच्चाइरहेको छ । यूट्युबमा आक्रामक भ्यूज मिलेको गीतमाथि लाखौंको संख्यामा टिकटक बनेका छन् । यो गीतले फिल्मको हाइप बढाउन ठूलो मद्दत गरेको छ । यसबीच, निर्माण टिमले अर्को गीत सार्वजनिक गरेको छ ।
 
Aanchal, Kushal
 
बुधवार ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘टल टल टलक्कै’ बोलको लोक लयको गीतमा अञ्जु पन्त र सरेश लामाको युगल स्वर रहेको छ भने एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द रचना छ । गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतको अडियो पक्ष बलुन्द छ । ‘आगो बिना बिँडी जल्दैन’पछि फिल्मको यो अर्को हिट नम्बर बन्ने सम्भावना देखिन्छ । 
 
रामजी लामिछानेको कोरियोग्राफी, विष्णु घिमिरे (कल्पित) को छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता कुशल विष्ट फिचर छन् । फिल्मका अभिनेता मुकुन भुषाल र अभिनेत्री केकी अधिकारीको बिहेको रमाइलोमा तयार पारिएको गीतले आँचल र कुशलको प्रेमभाव बोल्छ । गीतको अडियोझैं भिडियो पक्ष पनि प्रशंसनीय छ ।
 
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा केकी, आँचल, मुकुन र कुशलका अलावा हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित चर्चित कृति ‘झिँगेदाउ’ माथि बनेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । 
 
सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह-निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् । निर्देशक देउजाले फिल्मलाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताएका छन् । उनी एक समयका सर्वाधिक सफल निर्देशक हुन् । उनले ‘देवर बाबु’, ‘हामी ट्याक्सी ड्राइभर’, ‘हिफाजत’, ‘मुना मदन’, ‘बरमाला’ लगायत दर्जनौं फिल्मको निर्देशन गरेका छन् ।