Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा बनिन् सोनम कपूर, छोरालाई दिइन् जन्म

एजेन्सी, मुम्बई, 2022/08/20
Sonam Kapoor, Anand Ahuja blessed with a baby boy; a look at times the actor  aced maternity fashion - The News Sow
 
बलिउडकी फेसन डिभा सोनम कपूर आमा बनेकी छन् । सोनमले शनिवार इन्स्टाग्राममार्फत् आफूले छोरालाई जन्म दिएको खुसी साटेकी हुन् । मुम्बईको एक निजी अस्पतालमा उनको डेलिभरी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सोनमले गत मार्चमा आफू आमा बन्न लागेको बताएकी थिइन् । सन् २०१८ मा उनको विजनेशम्यान आनन्द आहूजासँग विवाह भएको थियो । 
 
सोनम कपूर र आनन्द आहूजाले इन्स्टाग्राममा शेयर गरेको स्टेटमेन्टमा लेखिएको छ, ‘आज हामीले सुन्दर बच्चालाई स्वागत गर्‍यौं । सबै डाक्टर, नर्स, साथी र परिवारलाई धन्यवाद, जसले यो यात्रामा हामीलाई साथ दिए । यो त सुरुवात हो तर, हामी जान्दछौं कि हाम्रो जीवन सधैंका लागि बदलिएको छ ।’ यो जोडीलाई सामाजिक सञ्जालमा बलिउड हस्तीहरुबाट बधाईको ओइरो लागेको छ ।
 
sonam kapoor
 
सोनमका पिता तथा अभिनेता अनिल कपूरले पनि छोरी आमा बनेकोमा खुसी प्रकट गरेका छन् । उनले सोसल मिडियामा लेखेका छन्, ‘आज हाम्रो परिवारमा एक नयाँ सदस्यको प्रवेशले खुसी छौं । सोनम र आनन्दलाई हेल्दी बेबी बोय भएको छ र म योभन्दा बढी खुसी हुन सक्दिनँ । मेरो दिल गर्वले फुलेको छ ।’ सोनमले पछिल्लो पटक फिल्म ‘एके भर्सेस एके’मा अभिनय गरेकी थिइन् ।