Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनमोलले सुरु गरे ‘छड्के २’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2022/08/19
anmol kc - chadke 2
 
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’को छायांकन आरम्भ भएको छ । शुक्रवार श्रीकृष्ण जन्माअष्टमीको अवसर पारेर भरतपुर चितवनमा फिल्मको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल निकालिएको फिल्म चितवनसँगै मुस्ताङमा खिचिनेछ । छायांकनअघि चितवनमै फिल्मका कलाकारहरुले दुई हप्तासम्म वर्कसप गरेका थिए ।  
 
फिल्ममा अनमोल ग्याङ्गस्टर भूमिकामा प्रस्तुत हुनेछन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ । निर्माण टिमले अनमोलको अपोजिटमा नायिकाको छनोट गरिसकेको भए पनि नाम सार्वजनिक गरेको छैन । छायांकन भइरहेको समयमा क्रमशः अन्य कलाकारहरु सार्वजनिक गरिने निर्देशक श्रेष्ठले बताए । 
 
काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मसँग मेधा डिजिटल र निर्वाण फिल्म स्कुलले सहकार्य गरेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले छन् । निर्देशक श्रेष्ठले वर्कसपमा अनमोलले क्यारेक्टर एडप्ट गर्न गरेको मिहेनतबाट आफू प्रभावित भएको बताएका छन् । आफूहरुले सोचेको भन्दा पनि क्यारेक्टरलाई जीवन्त बनाउन अनमोलले मिहेनत गरेको उनको भनाई छ ।
 
‘छड्के’ ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो । फिल्मले समीक्षात्मक रुपमा प्रशंसा बटुलेको थियो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतको अभिनय थियो । निगम श्रेष्ठले नै फिल्मको निर्देशन गरेका थिए । अनमोलको प्रवेशले निर्माण अगावैदेखि प्रतिक्षीत बनेको ‘छड्के २’लाई यस वर्षको अन्तिममा प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।