.jpg)
भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ले टिकटक प्रतिस्पर्धाको घोषणा गरेको छ । यतिबेला चर्चामा रहेको फिल्मको तीज गीत ‘पाउमा पाउजु छैन बरी लै’ गीतमाथि टिकटक भिडियो बनाएर नगद जित्ने योजना निर्माण टिमले अगाडि सारेको हो । टिकटकमा प्राप्त भ्यूजको आधारमा तीन प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरिने निर्देशक थापाले बताए ।
यो प्रतिस्पर्धामा भाग लिन चाहनेहरुले ‘राधा’को फेसबुक पेज लाइक गर्नुपर्ने, ट्रेलर शेयर गरी तीन जनालाई ट्याग गर्नुपर्ने, टिकटक लिंक फेसबुकमा शेयर गरी पेजलाई ट्याग गर्नुपर्ने, क्याप्सनमा #radhamovie #bhadra10 #imepay #ime मेन्सन गर्नुपर्ने र टिकटक भिडियो ‘राधा’को फेसबुक पेजमा पठाउनुपर्नेछ । टिकटक प्रतिस्पर्धाको समयसीमा भदौ १६ गतेसम्मलाई तोकिएको छ ।
सर्वाधिक भ्यूज प्राप्त गर्ने मध्येबाट पहिलो हुने टिकटक भिडियोले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद प्राप्त गर्नेछ । फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतको अभिनय छ भने सुनिल पोखरेल अतिथी भूमिकामा छन् ।
.jpg)
आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह(निर्माता रहेको फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यो फिल्म आफ्नी आमाको सम्झनामा बनाएको सुवर्णको भनाई छ ।

