Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिन्दी र नेपाली भर्सनमा ‘प्रेमगीत ३’को दोस्रो टिजर रिलिज

फिल्मीखबर, काठमाडौं, 2022/08/19
pradeep khadka
 
आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्सनमा दोस्रो टिजर सार्वजनिक गरेको हो । हिन्दी टिजर जी म्यूजिक कम्पनी र नेपाली टिजर ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । 
 
एक हप्ताअघि सार्वजनिक पहिलो हिन्दी र नेपाली भर्सनको टिजर एक्सनले भरिएको थियो । प्रेम (प्रदीप खड्का) पात्रले प्रेम र राजगद्दीमध्ये एक रोज्नुपर्ने बाध्यतालाई टिजरमा देखाइएको थियो । दोस्रो टिजरमा भने युवराज प्रेमलाई जनताको मसिहाको रुपमा प्रस्तुत गरिएको छ । टिजरले साउथ फिल्म ‘बाहुबली’को झल्को दिन्छ । कलाकारहरुको लुक्स र ब्याकग्राउन्ड स्कोर जबर्जस्त छ ।
 
निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार, फिल्मको नेपाली र हिन्दी भर्सनको ट्रेलर आगामी सेप्टेम्बर १ अर्थात् भदौ १६ गते एकसाथ सार्वजनिक हुनेछ । साउथका कयैन् सुपरस्टारको फिल्मको हिन्दी भर्सनमा आवाज भरेका डबिङ आर्टिस्टले ‘प्रेमगीत ३’को हिन्दी डबिङ गरेकाले टिजर ‘पावरफुल’ सुनिन्छ । फिल्मको पहिलो टिजर नेपालीभन्दा हिन्दी भर्सनमा बढी रुचाइएको छ ।  
 
नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत ३’ पहिलो नेपाली फिल्म हो । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन रहेको फिल्ममा प्रदीपसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, पुस्कर कार्की, प्रेम पुरी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतको पनि अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।
 
नेपाली टिजर :-
 

 

हिन्दी टिजर :-