Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइकल अधिकारी’को ‘फापरको रोटी’ गीतमा सुष्मा र यशराजको छमछमी

फिल्मीखबर, काठमाण्डौ, 2022/08/16
Sushma, Sraaj, Saugat, Shristi
 
कृष्ण जन्मअष्टमीको अवसर पारेर भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइकल अधिकारी’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार यूट्युबमार्फत् सार्वजनिक गरिएको ‘फापरको रोटी’ बोलको गीतमा शम्भुजित बाँस्कोटा, रवि ओड र टीका प्रसाइँको स्वर रहेको छ भने दयाराम दाहालको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत छ । गीत लोक शैलीमा तयार छ । 
 
गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्की र अभिनेता यशराज गराज छमछमी नाच्दै देखिएका छन् भने फिल्मका मुख्य अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई पनि देख्न सकिन्छ । रन्जित रौनियारको निर्देशनमा बनेको फिल्मले कोख भाडामा लगाउने सेरोगेसीको कथामा बोलेको छ । सम्भवतः नेपालमा यो विषयमा फिल्म बनेका छैनन्, जसले गर्दा दर्शकहरुलाई नयाँ लाग्न सक्छ । 
 
उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार यिओलगायतको पनि अभिनय छ । शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद रहेको फिल्मको कथा निर्देशक रौनियार स्वयंको हो । रौनियारले यो डेब्यू फिचर फिल्म हो । 
 
मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा कमल राईसँगै कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन र राजु विक्रम थापाको छायांकन छ । नेपालको ठूलो प्रोडक्सन हाउस गोपीकृष्ण मुभिजले निर्माण गरेको फिल्मको पूर्वको झापा र ईलाममा छायांकन भएको हो ।