Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसीको नियुक्ति सम्बन्धमा सर्वोच्चले दुवै पक्षसँग छलफल गर्ने

फिल्मीखबर, काठमाडौं, 2022/08/15
स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उठ्दै भुवन केसी
 
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध नरेश कुमार पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिट निवेदक र सरकार दुवै पक्षलाई भदौ २ गते छलफलका लागि बोलाएको हो । 
 
न्यायाधीश राउतद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिँदा अन्तरिम आदेशको लागि मिति २०७९ भदौ २ गतेको पेसी तोकी सोको सूचना विपक्षीहरूलाई दिनू ।’ सर्वोच्च अदालतले केसीलाई बोर्ड अध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन समेत आदेश दिएको छ । 
 
अध्यक्ष पदमा आवेदन दिएकामध्ये नरेश कुमार पौडेलले भुवन केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै गत बिहीवार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष बन्न रातारात कांग्रेस प्रवेश गरेका भुवनलाई साउन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले २ वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । 
 
bhuwan kc
 
दयाराम दाहालको कार्यकाल सकिएपछि तालुकवाला निकाय सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न मापदण्ड तोक्दै अध्यक्ष पदमा आवेदन दिन सूचना निकालेको थियो । अध्यक्ष बन्न भुवन केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, सम्झना उप्रेती रौनियार, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीले आवेदन दिएका थिए ।