Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘बाबरी’ ट्रेलर : अदितीको माया पाउन दुई धिरजको लडाइँ

फिल्मीखबर, काठमाडौं, 2022/08/15
Dhiraj Magar, Aditi Budhathoki, Dhiraj Nadkar
 
भदौ ३१ गतेबाट रिलिज पोस्टपोन्ड भएर असोज १४ (बडा दशैं) मा पुगेको फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा दुई युवक एक युवतीको प्रेममा डुबेपछि आउने उतार-चढावलाई देखाइएको छ । अभिनेत्री अदिती बुढाथोकीको माया पाउन धिरज मगर र धिरज नाडकरबीचको लडाइँले ट्रेलर रोचक बनेको छ ।
 
पूर्ण कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरमा धिरज मगरको बोल्ड आवाज र धिरज नाडकरले हिन्दी टोनमा बोल्ने नेपाली संवाद दर्शकका लागि नयाँ लाग्न सक्छ । नाडकर, भारतीय मुलका हुन् । फिल्मको कथावस्तुको माग अनुसार नै निर्माण टिमले उनलाई छनोट गरेको ट्रेलरबाट बुझ्न सकिन्छ । चरित्रअनुसार उनको अभिनय सुहाउँदो छ । धिरज, अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् ।
 
त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा दुई धिरज र अदितीका अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतको पनि अभिनय छ । धिरजले ‘बाबरी’बाट नेपाली फिल्ममा डेब्यू गरेका हुन् । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह-निर्मातामा सुष्मा गुरुङ छिन् ।
 
सुरेन्द्र पौडेलद्वारा लिखित तथा निर्देशित फिल्ममा कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो । फिल्मको ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला चर्चाको शिखरमा छ ।