Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिथुनलाई प्रेमको विश्वास दिलाउन श्रीदेवीले बोनीलाई बाँधेकी थिइन् राखी

एजेन्सी, मुम्बई, 2022/08/13
श्रीदेवी बलिउडको पहिलो फिमेल सुपरस्टार हुन्, जसले तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेकी छन् । निर्माताको रुपमा पनि उनले पहिचान बनाएकी थिइन् । उनको अभिनयबाट प्रभावित भएर हलिउड निर्देशक स्टीवन स्पीलबर्गले फिल्म ‘जुरासिक पार्क’ मा उनलाई कास्ट गर्न चाहेका थिए तर, उनले काम गर्न मानिनन् । उनले आफ्नो करिअरमा अन्य देशको फिल्म गरेकी छैनन् ।
 
sridevi
 
शनिवार उनको बर्थ एनिभर्सरी हो । सन् १९६३ मा जन्मिएकी उनको सन् २०१८ फेब्रअरी २४ मा दुबईको एक होटलमा बाथटबमा डुबेर मृत्यु भएको थियो । फिल्म ‘सोलवां सावन से’बाट आफ्नो करिअरको सुरुवात गरेकी उनलाई बलिउडमा पहिचान भने फिल्म ‘हिम्मतवाला’बाट मिलेको थियो । यसपछि उनले करिअर फर्केर हेर्नु परेन । वर्षौं उनी बलिउडको ‘नम्बर वान’ अभिनेत्री बनिन् । 
 
१९८० देखि १९९० सम्म श्रीदेवी र अनिल कपूरको जोडी बलिउडको सबैभन्दा चर्चित जोडीमध्ये एक थियो । यी दुईले १३ वटा फिल्ममा एकसाथ काम गरे । अभिनेता जितेन्द्रसँग पनि श्रीदेवीको जोडीलाई निकै रुचाइएको थियो । करिअरको सुरुवाती दिनमा श्रीदेवीले फिल्ममा आफ्नो डाइलग आफैंले हिन्दीमा डब गर्न पाएकी थिइनन् । प्रायः फिल्ममा रेखा र नाजले उनको डबिङ गर्थे । 
 
Mithun Chakraborty had married Sridevi, when the actor's wife came to know  about this, it happened like this! - Edules
 
श्रीदेवी जब १३ वर्षकी थिइन्, तब उनले सन् १९७६ मा आएको तमिल फिल्म ‘मून्दरू मुदिचू’मा रजनीकान्तको सौतेनी आमाको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्ममा उनले रजनीकान्तभन्दा बढी पारिश्रमिक पाएको बताइन्छ । जब श्रीदेवी करिअरको उत्कर्षमा थिइन्, त्यसबेला उनलाई अमेरिकी र ब्रिटिश इन्डियन धनाड्यको घरबाट विवाहको अनगिन्ती प्रस्तावहरु आएको थियो ।
 
८० को ताका श्रीदेवी र मिथुन चक्रवर्ती प्रेममा थिए । तर, त्यसबेला मिथुन विवाहित थिए । श्रीदेवीलाई मिथुनको वैवाहिक जीवनको बारेमा थाहा थिएन । जब उनलाई मिथुन विवाहित रहेको थाहा भयो तब उनले मिथुनलाई योगिता बालीसँग डिभोर्स नगरे आफू अलग हुने बताएकी थिइन् । मिथुन र श्रीदेवीको अफेयरका कारण योगिता बालीले आत्महत्याको प्रयास गरेको समेत भन्ने गरिन्छ । 
 
Inside Pics: Sridevi Celebrates Boney Kapoor's Birthday in Chennai - Masala
 
मिथुनसँग गहिरो प्रेममा रहँदा श्रीदेवीले बोनी कपूरलाई राखी बाँधेकी थिइन् । उनले यो मिथुनलाई आफ्नो प्रेमको विश्वास दिलाउन गरेको बताइन्छ । त्यसबेला बोनीसँग श्रीदेवीको प्रेम रहेको आशंका मिथुनलाई थियो । बोनीसँग आफ्नो प्रेम नभएको देखाउन उनले राखी बाँधेकी थिइन् । मिथुनसँग सम्बन्ध टुटेपछि उनले बोनी कपूरसँग नै विवाह गरेकी थिइन् । श्रीदेवी र बोनीका दुई छोरी छन् ।