
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमगन्ज’को नयाँ लिरिकल गीत सार्वजनिक भएको छ । ‘फेरि भेट होला नहोला’ बोलको गीतमा कृष्णहरि बरालको शब्द र गैरे सुरेशले संगीत छ भने स्वेच्छा ठकुरीले स्वर दिएकी छन् । गहिरो प्रेममा रहेको जोडी एकअर्काबाट छुटिएर बाँच्न नसक्ने भाव गीतले बोल्छ । गीतमा शब्द, संगीत र गायनको उत्कृष्ट संयोजन छ ।
फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । दुई कालखण्डको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा तेज गिरी, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्काको मुख्य भूमिका छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्त गेस्ट रोलमा छिन् । तेज र बेनिशाले युवा उमेरको भूमिकामा अभिनय गरेका छन् भने उनीहरुको टिनएजरको भूमिकामा प्रशन र सुप्रिया छन् ।
राजु फुयाँल प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । फिल्मको कथा निर्देशक परिच्छेद स्वयंको हो । अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराईलगायतको पनि अभिनय छ । फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत छ ।

