Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कांग्रेसी बने अनुपविक्रम शाही

फिल्मीखबर, काठमाण्डौ, 2022/08/12
पछिल्लो समय राजनीतिप्रति कलाकारको आकर्षण बढ्दो छ । पुराना हुन् वा नयाँ कलाकार, विभिन्न राजनीतिक पार्टीसँग आबद्ध हुँदै आएका छन् । यसैक्रममा, ‘ह्यान्डसम भिलेन’को रुपमा चिनिएका अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रवार कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले उनलाई पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि प्रदान गरे । 
 
anoop bikram sahi
 
कांग्रेसको सदस्यता लिएपछि अभिनेता शाहीले लोकतन्त्रको रक्षा र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताएका छन् । आफू यसअघि कुनै राजनीतिक दलसँग आबद्ध नभएको र पहिलो पटक कांग्रेसको सदस्यता लिएको उनको भनाई छ । कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि गरेको संघर्षबाट आफू प्रभावित भएको उनले बताए । 
 
देशमा कलाकारलाई सम्मान गर्ने पार्टी कांग्रेस मात्र रहेको र धेरै अग्रज तथा सम्मानित कलाकारहरू कांग्रेससँग आबद्ध भएकाले पनि आफूलाई कांग्रेस मन परेको अनुपको तर्क छ । आफू यूवा भएकाले तरुण दल (नेपाली कांग्रेसको भातृ संगठन) मार्फत यूवाका पक्षमा काम गर्न चाहेको उनले बताए । उनी अब कलाकारिता र राजनीतिकलाई एकसाथ अगाडि बढाउने सोचमा छन् । 
 
anoop bikram sahi
 
नायकको रुपमा असफल भए पनि खलपात्रको भूमिकामा रुचाइएका अनुपले ‘वीर विक्रम’, ‘हाउ फन्नी’, ‘ठमेल डटकम’, ‘जाइरा’, ‘जय शम्भु’, ‘पुरानो बुलेट’, ‘पासवर्ड’, ‘लप्पन छप्पन २’, ‘हँसिया’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी अभिनीत नयाँ फिल्म ‘लाखे’ आगामी कात्तिक ११ गतेबाट प्रदर्शनमा आउँदैछ भने चाँडै फिल्म ‘मायाको माया’मा काम गर्दैछन् ।