Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपेन्द्रको ‘चङ्गा चेट २’मा भित्रिए विपिन

फिल्मीखबर, काठमाडौं, 2022/08/11
bipin karki
 
दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको फिल्म ‘चङ्गा चेट २’मा अभिनेता विपिन कार्की भित्रिएका छन् । बिहीवार उनीसँग निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेकी हुन् । विपिनले फिल्मको कथावस्तु र भूमिका मन परेपछि काम गर्न लागेको बताएका छन् । दीपेन्द्रसँग उनको यो तेस्रो जुगलबन्दी हो । यसअघि उनीहरुबीच ‘पशुपति प्रसाद’ र ‘के घर के डेरा’मा सहकार्य भएको थियो ।
 
फिल्मको छायांकन तिहारपछि सुरु गर्ने तयारीमा दीपेन्द्र छन् । यो अवधिमा विपिनले फिल्म ‘फूलबरी’, ‘प्रसाद २’ र बलिउड फिल्म ‘एनिमल’को छायांकन सक्नेछन् । उनको अपोजिटका लागि केही दिनमा अभिनेत्रीको पनि टुंगो लाग्ने निर्मात्री पाण्डेले जानकारी दिइन् । फिल्ममा यसअघि अभिनेता अर्पण थापा अनुबन्ध भइसकेका छन् । निर्देशक खनाल यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन् ।
 
२०७५ सालमा प्रदर्शन भएको ‘चङ्गा चेट’लाई माधव वाग्लेले निर्माण गरेका थिए । तर, फिल्म प्रदर्शनको समयमा उनलाई आर्थिक समस्या उत्पन्न भएपछि निर्माताको रुपमा पाण्डे जोडिएकी थिइन् । उनले निर्माता वाग्लेबाट फिल्मको सम्पूर्ण अधिकार लिएर ‘चङ्गा चेट २’ बनाउन लागेकी हुन् । दीपेन्द्रले यसपटक गम्भीर कथालाई रमाइलो र व्यावसायिक रुपले प्रस्तुत गर्ने तयारी गरेका छन् ।