Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

फिल्मीखबर, काठमाडौं, 2022/08/11
हामीलाई सरकारले पिँजडाभित्र थुनेर राखेको छ : भुवन केसी
 
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बोर्ड अध्यक्षका लागि आवेदन दिएकामध्ये नरेश कुमार पौडेलले बिहीवार अदालतमा केसीविरुद्ध रिट दायर गरेका हुन् । सर्वोच्चको वेबसाइटमा भुवनविरुद्ध रिट दर्ता भएको उल्लेख छ । अध्यक्ष पदमा आवेदन दिएका अन्य फिल्मकर्मीहरुको समर्थनमा निर्देशक समेत रहेका पौडेलले रिट निवेदन दिएको जानकारी प्राप्त छ । 
 
बोर्ड अध्यक्षमा नियुक्ति हुन भुवन केसीको योग्यता नपुग्ने भन्दै पौडेलले मन्त्रिपरिषदको निर्णय खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् । तालुकवाला निकाय सूचना तथा सञ्चार मन्त्रालयले अध्यक्ष पदमा आवेदन दिन जारी गरेको सूचनामा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी फिल्म उद्योगमा कम्तीमा २० वर्षसम्म कार्य गरेको हुनुपर्ने उल्लेख थियो । केसीले प्रवीणता प्रमाणपत्र उतीर्ण नगरेको भन्दै पौडेलले मुद्धा हालेका हुन् ।
 
bhuwan kc
 
सर्वोच्च स्रोतका अनुसार, मुद्धाको विषयमा सोमवार प्रारम्भीक सुनुवाई हुनेछ । भुवन केसीलाई साउन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले २ वर्षका लागि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । भुवनसँगै अध्यक्ष पदका लागि अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले आवेदन दिएका थिए ।