Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टोरी बोर्डको प्रश्नमा हड्बडिएका विपिन

फिल्मीखबर, काठमाडौं, 2022/08/11
bipin karki
 
विपिन कार्की उम्दा अभिनय गर्ने कलाकार हुन् । हरेक प्रकारको भूमिकामा उनले जीवन्त अभिनय गर्न सक्छन् । त्यसैले यतिबेला उनको नेपाली फिल्ममा ठूलो माग छ । आफ्नो  मागअनुसार उनले पारिश्रमिकमा पनि बढाइरहेका छन् । तर, फिल्म ‘प्रसाद २’को छायांकन सेटमा उनले स्टोरी बोर्ड बिना अभिनय नै नगर्ने बताएपछि छायांकन रोकिएको घटनाले उनलाई विवादमा ल्याएको छ ।
 
उनी भदौबाट निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा काम गर्ने तयारीमा छन् । यसमा उनले आफूभन्दा दोब्बर बढी उमेरको चरित्र निर्वाह गर्दैछन् । ‘प्रसाद २’मा काम गर्न स्टोरी बोर्ड मागेका उनले निर्देशक गुरुङसँग यसको सर्त राखेका छन् कि छैनन् होला ? धेरैमा जिज्ञासा थियो । बुधवार ‘फूलबारी’को घोषणा सभामा पत्रकारले उनलाई स्टोरी बोर्ड पाउनुभयो भनेर प्रश्न गरे ।
 
सायद कल्पना गरेभन्दा अनपेक्षित प्रश्न आएकाले होला, उनी केही हड्बडिए । जवाफ दिने क्रममा उनको बोली स्पष्टसँग खुलेन । उनले भने, ‘पक्कै पनि पाइहालिन्छ नी । नपाइने भन्ने त सबैमा हुँदैन ।’ आफूले स्टोरी बोर्ड बिना फिल्ममा काम नगर्ने भन्दा पनि के र कस्तो रोल गर्दैछु भनेर कलाकारले थाहा हुन पाउनु पर्ने उनले बताए । स्टोरी बोर्ड भए काम गर्न सजिलो हुने उनको भनाई छ । 
 
उनले ‘फूलबारी’मा दयाहाङ राईको पिताको भूमिका निर्वाह गर्न नलागेको पनि स्पष्टिकरण दिए । फिल्ममा दयाहाङको नभए पनि अरु कसैको पिता भने बन्ने उनले बताए । फिल्ममा निर्वाह गर्न लागेको चरित्र आफ्नो लागि चुनौतीपूर्ण रहेको विपिनको भनाई छ । यो चरित्रमा आफूलाई दर्शकले स्वीकार गर्नेमा उनी विश्वस्त छन् । फिल्ममा उनको जोडी अरुणा कार्कीसँग बाँधिने बताइएको छ ।