Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माइकल अधिकारी’ हेर्न बलिउड निर्देशक इम्तियाज अलीको आग्रह

फिल्मीखबर, काठमाडौं, 2022/08/11
imtiaz ali
 
श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक विदा पारेर आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘माइकल अधिकारी’लाई बलिउडका नामी निर्देशक इम्तियाज अलीले एक भिडियो सन्देशमार्फत् प्रदर्शनको शुभकामना दिएका छन् । साथै, उनले नेपाली दर्शकहरुलाई सिनेमा हलमा गएर फिल्म हेर्न आग्रह पनि गरेका छन् । 
 
प्राप्त जानकारी अनुसार, ‘माइकल अधिकारी’का निर्देशक रन्जित रौनियार र इम्तियाज अली नजिकका साथी हुन् । इम्तियाजले ‘लभ आज कल’, ‘रकस्टार’, ‘जब वी मेट’, ‘जब ह्यारी मेट सेजल’, ‘तमाशा’, ‘हाईवे’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । लामो समयदेखि मुम्बईमा बस्दै आएका रन्जितले भने ‘सावधान इन्डिया’, ‘क्राइम प्याट्रल’ जस्ता टीभी सिरियलको निर्देशन गरेका छन् । 
 
उद्दव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल, केभिन परियार यिओलगायतको पनि अभिनय छ । आर्थिक समस्याका कारण अर्काको भ्रूण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथामा आधारित भएर फिल्म निर्माण भएको हो ।
 
मनोज केसी प्रोडक्सन म्यानेजर रहेको फिल्ममा शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द, मित्र डि गुरुङको सम्पादन, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा-संवाद छ । गम्भीर विषय उठाएको फिल्मको कथा रन्जित रौनियारको नै हो । अहिले उनी मुम्बईमा छन् ।