Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाल रिलीज अगावै चीनमा देखाईदै 'राधा'

फिल्मीखबर, काठमाडौं, 2022/08/09
नेपाली फिल्म 'राधा' नेपाल रिलीज अगावै चीनमा देखाईने भएको छ । बताईए अनुसार ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा  बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल २०२२ फिल्म देखाउन लागिएको हो ।
 
चाइना पर्फमेन्स इन्डस्ट्री एसोसिएसनले आयोजना गर्ने फेस्टिभलमा साउन ३० गते सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ देखाईने छ । नेपाली फिल्मलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त फेस्टिभलमा यो फिल्म देखाउन लागिएको बताईएको छ ।
 
सृष्टि श्रेष्ठ र सौगात मल्लको मुख्य भूमिका रहेको ‘राधा’ नेपालमा भदौ १० गते रिलिज हुँदैछ ।